काठमाडौं १८ माघ ।। स्थानीय तहको चुनाव जेठ ४ गते गर्ने प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी भएको छ । स्थानीय तहको निर्वाचन जेठ ४ गते महिनाको पहिलो सातामा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच समझदारी बनेको छ । एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गर्नेगरी समझदारी भएको छ ।

प्रधानमन्त्री देउवाले आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । निर्वाचन आयागले जेठ ५ गते भन्दा अगावै चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको एक आयुक्तले बताए ।

यसमा आयोग सकारात्मक बनेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि आयोग आन्तरिक छलफलमा जुटेको छ । केहीबेरमा विज्ञप्ति निकाल्ने आयोगको तयारी छ भने बिहिवार बस्ने मन्त्रीपरिषद्को बैठकबाट निर्वाचन मिति घोषणा हुने आँकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here