एजेन्सी, २२ असोज ।। प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा इजरायलमा १० जना नेपाली मारिएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

१० जना नेपाली मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूताबासले गरेको हो । दुताबासका अनुसार मृत्यु हुनेमा सपही–६, धनुषाका आनन्द साह, घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खुट्टामा गम्भीर चोट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here