कार्तिक ३ रौतहट ।। अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको गोली प्रहार गरी हत्या भएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४ वर्षीय लालकिशोर महासेठको हत्या भएको हो।अमेरिकाको फल रिभरको म्याचुस्टरमा जेनरल स्टोर सञ्चालन गर्दै आइरेहका महासेठको हत्या भएको हो ।
सोमबार राति उनको पसलमै हत्या भएको मधेशी एसोसिएन अफ अमेरिकाका अध्यक्ष सत्येन्द्र साहले जानकारी दिए।उनका अनुसार अमेरिकी समयअनुसार राति ९ बजे पसलमै रहेका बेला अज्ञात व्यक्तिहरूको एक समूहले गोली प्रहार गरी उनको हत्या गरेको हो ।
महासेठको हत्या कसले र किन गरेको यसबारे खुल्न सकेको छैन । घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । महासेठ गएको १५ वर्षदेखि परिवारसहित अमेरिकामा बसेर व्यवसाय गर्दै आइरहेको बताइएको छ।
महासेठ हत्याको मधेशी एसोसिएन अफ अमेरिकाले भर्त्सना गरेको छ। उनी मधेशी एशोसिएसन अफ अमेरिकाका सल्लाहकारसमेत थिए।