रौतहट, २३ फागुन ।। प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहलाई नामुद तस्करको संज्ञा दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मेयर साहको विगत पनि नराम्रो रहेको र अहिले पनि सरकारी स्वामित्वमा आउनुपर्ने जग्गामा चलखेल गरिरहेको बताएका हुन् ।

राइस मिलको छ विघा जग्गामा मेयर साहले आँखा लगाइरहेको र भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएर नक्कली मोही खडा गरी त्यसमा चलखेल भइरहेको उनले बताए । अहिले रौतहटको सदरमुकाम गौरमा आगो बलिरहेको छ । आगो बल्नुको कारण त्यहाँको मेयर जो पहिला नामुद तस्कर थिए । हाम्रो राजनीतिले तस्कर, विचौलियालाई नेता बनाउन खोज्यो र उसले आफ्नो पुरानो पेशा कहिले पनि छोड्न चाहँदैन । २०१० सालमा आजभन्दा ७१ वर्ष पहिला भारतीय नागरिकले गौरमा राइस मिल खोले । गौरमा ६ विघा जग्गा पनि छ ।

त्यो भारतीय नागरिक निसन्तान थियो । पछि यही मेयरले २०५७ सालमा मिलको पार्ट पुर्जा बेच्न लाग्दा प्रहरीले समात्यो । अहिले त्यही मेयरको मिलेमतोमा नक्कली भारतीयलाई खडा गरेर पर्साबाट नागरिकता दिलाएर मोहियानी हक कायम गराएर जग्गामा चलखेल गर्न खोजिरहेको छ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here