कार्तिक २ रौतहट ।। रौतहटका घर भित्र्याउने समयमा लगातार भारी वर्षाको कारण रौतहटमा धन बाली खेतमै नस्टहुन् थालेको छ ।आइतबारदेखि लगातारको वर्षाका कारण गदर नामक धान बाली पाकी सकेको र पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको र पाक्न लागेको धानबाली घर भित्र्याउने समयमा एकासी मौसम बिग्री लगातार बेमौसमी भरि वर्षाका देखि रौतहटका किसानहरु चिन्तित बनेका छन् ।
रौतहट लगाएत मदेशका मुख्य बाली मध्ये धन बाली मुख्य रहेको धान बाली बिघाको बिघा खेतमा धान रोप्ने बेलामा पटक पटक बढीबाट प्रभावित भई बचेको बाली अब भारी वर्षाका कारण नस्टहुदै देखेर किसानहरु दुखी बनेको छ । पाकेको बाली काटेर खेतमा राखेको बेलामा बेमौसमी वर्षाले किसानहरु चिन्तित बनेका छन् ।
आधा खेतको धान काटेर खेतमै छ भने अरू काट्न बाँकी रहेको छ । यस पटक जिल्लाका किसानले समयमै बिउ र पानी पाएका कारण असार दोस्रो साता नै धान रोपिइ स्काईसकेका थिए । पाकेको बाली भित्र्याउने समय पानीले धानमा क्षति पुर्याईरहेको हो ।
समय समयमा पनि परि रहेको कारण यस वर्ष बाली राम्ररी फलेको थियो । खेतिको भरमा जीविका चलाउने किसनहरु अप्ठयारो परेको किसानहरुको भनाई रहेको छ । लगातार भारी वर्षाले रौतहट लगायत देशभरिका खेतमा पाकेको धानमा क्षति पुर्याईरहेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानले पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था रहेको छ ।
लगातारको वर्षाका कारण रौतहटको खोलानदीमा पानीको बहाव बढेको छ । रौतहटको अन्तर्गत पत्रेखोलामा आएको बाढीका कारण साना सवारीसाधन आउजाउमा समस्या भएको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।