काठमाण्डाै, ०७ मंसिर ।। काठमाण्डाैकाे बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा सङ्घका कार्यकर्ताबीच झडप भएकाे छ ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवा सङ्घका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुङ्गा हानाहान भएको हो ।

युवा सङ्घका कार्यकर्ता बल्खु हुँदै कोटेश्वरतिर जाने क्रममा दुई समूहबीच ढुङ्गा हानाहान भएको हो । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएकाे छ ।

आजकाे विराेध प्रदर्शनका लागि काठमाण्डाै जिल्ला प्रशासनले प्रसाईं समूहलाई बल्खु र युवा सङ्घलाई तीनकुने ताेकेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here