रौतहट, ०९ फागुन ।। राैतहट जिल्लाकाे राजदेवी नगरपालिका वडा नम्बर ६ स्थित श्री मा. वि. सेढवामा आज नगरस्तरीय अन्तर मा वि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ । राजदेवी नगरपालिकाद्वारा आयोजित साे प्रतियोगितामा नगरपालिका मा. विधालयहरुको सहभागीता रहेको थियो ।
प्रतियोगितामा मा. वि. मुडवलवा प्रथम, मा वि ब्रह्मपुरी द्वितीय र मा वि सेढवा तृतीय स्थान हासिल गर्न सफल भएकाे हाे । श्री मा.बि.सेढवाको प्राङ्गणमा आयाेजित साे कार्यक्रममा राजदेवी न.पा.को नगर प्रमुख, प्रमुख प्रशाकीय अधिकृत प्रलव कायस्थ, शिक्षा संयोजक विजय कुमार सिंह, वडा अध्यक्ष तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू तथा बिद्यार्थीहरु लगायतका उपस्थिति रहेकाे थियाे ।
विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न र अहिलेको प्रतिस्पर्धी समयमा मदत प्रतिस्पर्धा गर्न मदत पुगने र विधार्थीको चौतर्फी बिकासमा सहयोग पुगने उद्देश्यले राजदेवी नगरपालिकाले समय समयमा यस्ता अतिरिक्त क्रियाकलाप सहितका कार्य गर्दै आएका देखिन्छ ।