ललितपुर २३ फागुन ।। ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृत फेला परेका छन् । महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ । शंकास्पद मृत शुवको पोसमार्टम गरि घटना बारे थप अनुसन्धान सुरु भएको महाशाखाका एसएसपी कुँवरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here