रौतहट २७ असोज ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वार्ड नं.४ इनर्वारिमा हिन्दुहरुको महान पर्व दुर्गा पूजाको उपलक्ष्यमा आज अष्ठमिको दिन कुस्ती पहलवानी खेल भब्य रुपले भएको छ । नगर प्रमुख राजीव रंजन उर्फ ( राजु यादव ) को अध्यक्षतामा बिधिपुर्वक कार्यक्रमको सुरुवात गरिएको थियो ।
कुस्ती खेलमा देश तथा विदेश बाट खेलाडीहरु आएका थिए । नेपालका अन्तरराष्ट्रिय स्तरका खेलाडी देव थापा लगाएत नेपाल पोलिस र भारतको राजस्थानका अन्तरराष्ट्रिय स्तरका खेलाडी जलाद सिंह र उनका टिम लगाएतका खेलाडीहरु भाग लिएका थिए ।
लगभग १५ वर्स देखि लोपहुदै गईरहेको कुस्ती खेललाई प्रथामिकतादिई यस पालिकाका प्रतिभाशाली खेलाडीहरुमा पूर्णउर्जाभरि खेललाई पूर्ण जीवित गर्ने उदेश्य रहेको नगर प्रमुख यादवले बताएका छन् । खेलाडीहरु लाई चाहिने सेवासुविधाहरु सबै उपलब्ध गराई सिकाई कार्य सुरु गरि सकेको समेत उनले बताएका छन् । आउने अगामी वर्षमा यस पालिका बाट पनि खेलाडीहरु खेल्ने बताएका छन् ।
कार्यक्रममा क्षेत्र न २ ख का विधायक राम किशोर उर्फ (कोशोरी यादव ) जिल्ला समन्वय समितिका उपसभापति राम आशिष यादव नगर प्रमुख यादव लगाएत बौधिमाई नगरपालिकाका वडा अध्यक्षहरु गाउका भर्भालाआदमी बुद्जिवी समाजसेवी पत्रकार लगायत जनमानसको घुयिचो लागेको थियो ।