रौतहट, २७ माघ ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं १ स्थित रहेको श्री माध्यमिक विद्यालय पथराको आम्दानीको श्रोत को रुपमा रहेको तीन ओटा पोखरीको पहिला ठेक्का लिएको ठेकेदार गरुडा न.पा वार्ड नं ८ बस्ने ठागा सहनीले २०७३ सालमा १६ लाखमा लिएको ठेक्का समय अवधि समाप्त भएको थियो । पुनः १ सालको लागि ठेक्का कायम गराएको थियो । तर एक वर्षको लागि ५ लाखमा लिएको ठेक्काको रकम जम्मा नगरेको विधालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकले बताएका छन् ।

पोखरीको ठेक्का ठेकेदार रकम हिनामिना गरेको सहनी बिना कुनै प्रमाण सम्झौता करीब डेढ वर्ष देखि बलज्बरदस्ती पोखरी भोग चलन गरिरहे स्थानीय शिव मंगल यादवले प्रमाण सहीत बताएका छन् । थप १ सालको लागि ५०००००/- ( पांच लाख रुपैयामात्र) मा दिएको तर त्यसको ठेक्का प्रमाण निज सहनीले नदेखाइ रौतहट जिल्ला दुर्गा भगवती गा.पा २ निवासी श्री दिनेश सहनी भन्ने भोला सहनीले सफाई पत्र देखाउदै आएको
तर यसको कागजात विद्यालय प्रशासनसँग नभएको तथा यसको रकम पनि सो ठेकेदारले विद्यालय खातामा जम्मा नगरेकाले विद्यालय प्रशासनले पटकपटक भोला सहनीलाई पत्रमार्फत बैंकमा जम्मा गरेको रकमको भाउचरको प्रतिलिपि विद्यालय प्रशासनमा बुझाउनको लागि तीन ३ पटकसम्म अनुरोध गरेको तर ठेकेदार ले सफाइ पत्र अनुसार एउटा पनि बैंक भाउचरको प्रतिलिपी नबुझाएको अन्तमा आएर प्रमाणको नाममा ठेकेदारले भूतपूर्व प्र. अ. द्वारा हस्ताक्षरित २०६०/०२२०५ गर्नको च.न. ९४ को लेटर पैड प्रयोग गरी ठिकेदारलाई दिएको सफाईपत्र विद्यालय प्रशासनलाई ठेकेदारे श्री दिनेश सहनी भन्ने भाला सहनी ले बुझाएको तर सफाईपत्र अनुसार २१०५०००/- (एकइस लाख पांच हजार मात्र विद्यालयको खातामा नरहेको कुरा विद्यालय प्रशासन अनि राजदेवी नगरपालिकाले प्रमाणित गरेर दिएको तथा त्यसको ठेक्का पहिला नै समाप्त भएको अनि त्यो ठेकेदारले त्यो ठेक्का अनुसार रकम पनि बैंक खातामा जम्मा नगरेको बुझिएको छ ।

अहिले फेरि आएर करिव एक १ वर्ष ६ महिनादेखि त्यही ठेकेदार सहनीले भोगचलन गर्दै आएको तर त्यसको कागजात विद्यालय प्रशासनसंग नरहेको कुरा प्रमाणित प्रतिलिपिबाट देखिन्छन् । तर विद्यालय प्रशासनसंग कागजात छैन भने आजसम्म किन त्यो ठेकेदारको नाममा कारवाही अगाडि बढाएन तथा पहिलाको पनि रकम अझै सम्म वांकी नै छ भने फेरि ठेकेदारले विद्यालय प्रशासनको मिलोमतोमा कसरी विद्यालयको आम्दानीको स्रोतको रूपमा रहेको पोखरी भोग चलन गर्दै आइरहेको छ भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको छ ।

त्यसैले स्थानीयहरु अनुसार यो पोखरीलाई रोक्का गरी विद्यालय प्रशासन तथा ठिकंदारलाई उचित कारवाहीको लागि संबन्धीत निकाय संग माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here