काठमाण्डाै, २१ भदौ ।। एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा अहिले दिउँसो साढे १२ बजे सङ्कटा क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीच खेल्दैछन् । पहिलो चरणमा सङ्कटा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो भने चन्द्रपुरले कर्णाली प्रदेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।
यस्तै दोस्रो खेलमा दिउँसो सवा ४ बजे नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । पहिलो चरणमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने सुदूरपश्चिम बाग्मती युथ क्लबसँग पराजित भएको थियो । यी दुई वटै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।