सर्लाही १२ असोज ।। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७, का वडाध्यक्ष श्याम सुन्दर यादव माथि लगाएको झूठा मुद्दालाई छानबिन गरी दोषी माथि कारबाहीको गर्दै सर्लाहीको मलङवामा विरुद्ध प्रदर्शन गरिएको छ ।
साथै नेपाल–भारत सिमा नाका तत्काल निर्बाध रुपमा संचालन हुनु पर्ने मांग सहित जनता समाजवादी पार्टी नेपालले विरुद्ध प्रदर्शन गरिएको छ ।

सर्लाहीको मलङवामा जसपाका नेता कार्यक्रताहरुले हजारौका संख्यामा वडा अध्यक्षका समर्थनहरुले सत्य तथ्य छानविन र दोषी माथी कारवाहीको माग गर्दै आन्दोलन गरेको छ । भ्रष्ट एसपी मुर्दाबाद लगायतका व्यक्तिहरूले प्लेकार्ड बोकेर रैलि निकालेको र सर्लाहीको विभिन्न ठाउँको नगर परिक्रम गरेर प्रदर्शन गरेको हुन ।

जनता समाजबादि पार्टिका वरिष्ठ नेता महिन्द्र राय यादबले घटना पनि नघटेको र वडा अध्यक्ष श्याम सुन्दर यादवमाथि जवरजस्ती करणी मुदा सरासर झुठा रहेको उनले बताउनुभएको छ ।

वरिष्ठ नेता महिन्द्र राय यादबले सर्लाहीका एसपी सन्तोष सिंह राठौरले कमिसन र दलालि गर्न आएको उनले जानकारि दिनुभएको छ । केही राजनीतिकक्रमी प्रतिशोध लिनका लागि यस्तो क्रियकलाप गरिरहेका समेत उहाले बताए । सर्लाही जिल्लामा व्यापक भ्रष्टाचारी, महंगी, तस्करी, अनियमिता, कलाबजारी, प्रशासनिक आतंक बढि रहेको प्रति उनले गुणोषो गरेका छन ।

प्रदेश २ का प्रदेशसभा सांसद संजय यादबले ब्रह्मपुरी गाउँपालिका–७, का वडाध्यक्ष श्याम सुन्दर यादवमाथि प्रसासनद्धारा पुर्वागा्रहि हिसाबले फसाउन खोजेको उनले आरोप लगाएका छन । वडाध्यक्ष श्याम सुन्दर यादवमाथि झूठा करणि मुदा दर्ता गराएको र याहाका प्रसासन पनि दलालि गर्न थालेको उनले यस्तो बताउनुभएको छ ।

सभापति मेथुर चौधरिले विपक्षीहरुले महिलालाई उचालेर वडा अध्यक्षमाथि राजनीतिक प्रतिसोध साध्ने प्रयास गरेको उनले बताए । यस घटनामा विपक्षीहरुले चलखेल गरि रहेको उनले जानकारि दिनुभएको छ ।

जसपाका सर्लाहीका जिल्ला अध्यक्ष विरेन्द्र यादबले यस घटनामा राजनितिक चलखेल भएको उनले यस्तो बताउनुभएको छ । वडाध्यक्ष श्याम सुन्दर यादवले महिलामाथि बलात्कारको प्रयास नगरेको उहाको भनाइ छ ।

सर्लाहीको कविलासि नगरपालिकाका प्रमुख कौसल किशोरि यादबले वडाध्यक्ष श्याम सुन्दर यादवलाई अन्यायपुर्ण तरिकाले फसाएको र जवरजस्ती करणी मुदा सरासर झुठा रहेको उनले बताउनुभएको छ ।

नगरपालिका, सर्लाही जसपाका सर्लाही महिला जिल्ला अध्यक्ष मुन्द्रिका देविले बलात्कारको प्रयास कतै नभएको उनले जिकिर गरेका छन ।

प्रदेश २ महिला संघका सचिव आरति झाले ती महिलाको अर्को केटासंग अबैध सम्बंध रहेको उनले यस्तो जानकारि दिनुभयो । विपक्षीहरुले महिलालाई उचालेर वडा अध्यक्ष यादब माथि राजनीतिक प्रतिसोध साध्ने प्रयास भएको उहाले बताए ।

जसपाका संघिय परिषदका सदस्य सुनैना देवि चौधरिले ती महिलालाई वडा अध्यक्ष यादबले शरिरमा कतै पनि नभिडेको तर, जवरजस्ती महिलाले आरोप लगाएको उनले बताए ।

नेतृरेनु देवि महताले महिलाको श्रीमान जय लाल यादब अहिले वैदेशिक रोजगारीमा रहेको उनले बताए ।ती महिलाको घरमा बराबर बाहिर बाहिर मानिसहरु आउने गरेको अबैध सम्बंध पनि रहेको उनले यस्तो जानकारि दिनुभयो ।

ती महिलाले आफै कपडा फाडेको र जवरजस्ती वडा अध्यक्षलाई फसाई रहेको उनले स्थानि महिलाले बताए ।

जसपा कार्यक्रता सुनिल साहले भदौ ५ गते मध्यराती महिलाको घरबाट एक पुरुष बाहिर निस्किएको देखेर स्थानीयले ती पुरुषलाई नियन्त्रणमा लिएपछि यो घटना उग्र रुपले लिएको उनले जानकारि दिनुभएको छ ।

जसपाका कार्यक्रता मुकेश कुमार पंडितले वडाध्यक्ष श्याम सुन्दर यादब एकदमै रामो्र मानिस रहेको र कहिले पनि यस्तो काम नगरेको बताए ।

स्थानि राजेश यादबको भनाई अनुसार सर्लाहीमा प्रहरि प्रसासन द्धारा अन्याय आत्यचार भईरहेको उनले दुख प्रकट गरेका छन ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७, का वडाध्यक्ष श्याम सुन्दर यादव माथि लगाइएको झुठा मुद्दा खारेजी, सरल सुलभ तत्काल नागरिकता वितरण, नेपाल– भारत सिमा नाका तत्काल निर्बाध संचालन, हुलाकी राजमार्ग निर्माण कार्य गुणस्तरीय तथा यथासिघ्र हुनु पर्ने, किसानलाई सरल सुलभ मल आपुर्ति हुनु पर्ने मांग सहित ज.स.पा.नेपाल समर्थित नेता,कार्यकर्ता, आम जनसमुदायहरू हजारौँको संख्यामा विसाल विरोध प्रदर्शन कार्यक्रम गरेको थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here