कार्तिक ३ रौतहट ।। रौतहट लगायत प्रदेश २ सहित केहि प्रदेशहरुमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।

बुधबार बिहान ६ बजे महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू-भागहरूमामा सामान्य देखि पूर्ण बदली रहेको छ । दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन। चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ । यस्तै आज राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ।

प्रदेश १ र प्रदेश नं २का थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । बढी वर्षा हुने स्थनहरुमा जोखिम रहेकाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here