रौतहट, ०२ कार्तिक ।। रौतहट जिल्लाको उतरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकामा नयाँ हाकीम सुरेन्द्र प्रधान लाई हाजिर गराउन खोजदा जनताहरु द्वरा विरोध प्रदर्शन गरिएको छ । यस भन्दा पहिले पनी प्रधान याहा प्रमुख प्रशासकीय अधिकृतको रुपमा बसिसके रहेको छ । हाकिम रहेको बेला यस पालिकामा भ्रष्टाचार गरेको र पुनः कार्यबाहक मेयरले हाजिर गराउन खोजदा विरोध प्रदर्शन गरिरहेको छ ।

बुधबार बेलुका हाकिम सुरेन्द्र प्रधानलाई फतुवा विजयपुर नगरपालिकामा हाजिर हुन्न नदिने भन्दै टायर बालेर बिरोध जनाएकाे वडा नं ९ का वडा अध्यक्ष पप्पु यादव (राकेश) ले जानकारी गराउनु भयो ।

राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्टको टोलीले फतुवा बिजयपुर नगरपालिकाको सबै वडा अध्यक्ष ,कार्यपालिका सदस्य लगायत जनप्रतिनिधिहरुसँग समन्वय गराउन खोज्दा पनि स्थानियहरुले अस्विकार गर्दै विजयपुर बजारकाे चौकमा टायर बालि स्थानीयहरूले बिरोध गरेका खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here