रौतहट, ०१ कार्तिक ।। नेपाली काँग्रेस पार्टी गौर नगर कमिटी द्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभा हलमा शुभकामना आदनप्रदान कार्यक्रममा रौतहट जिल्लाकै सबभन्दा पुरानो जेष्ठ पालिकाको रूपमा चिनिएको गौर नपाका मेयर प्रत्यासी तथा नेपाली काँग्रेस पार्टीको नगर सभापति युवा नेता मोहन कुमार यादवले समाजलाई शान्तिपूर्ण वातावरण, समृद्ध समाज र सबै समुदायसँग समाजिक सद्भाव बनाएर राख्ने उदेश्यले नै चाडपर्व बर्षमा एक पल्ट आउने गर्छ तर हामी सबैलाई सन्देश दिएर जान्छ भने बताए ।

पर्व त्यौहारको समाजमा विभिन्न किसिमको अप्रिय घटना घट्ने गर्छ त्यस्ता क्रियाकलापलाई हामी सबै समुदायले मिलेर निराकरण गर्नुपर्छ । चाडपर्वको समयमा गाउँघर र बजार क्षेत्र भित्र बढी फोहर मैला, होहल्ला, जाड रक्सि, लागु पदार्थको कारोबार र जुवातास खेल्ने घटना भइरहन्छ त्यसबाट सचेत भई स्वच्छ समाज निर्माण र आफै सरसफाइ अभियानमा प्रत्येक नागरिकले लाग्नुपर्छ भने उनले आग्रह गरे ।

समाजमा कानुन विपरीत क्रियाकलाप कसैले पर्व त्यौहारको बेला नगर्न सुझाव दिएका हुन । हिन्दूहरूको महान आस्थाको पर्व बडा दशै अहिले चलिरहेको छ भने केही दिनपछि तिहार, दिपावली र छठ पर्व समेत आउने भएको हुनाले सबैले यश पर्वलाई समाजिक रूपमा हाँसी खुशी मिलेर मनाउन मेयर प्रत्यासी यादवले अनुरोध गरे ।

रौतहट जिल्ला भित्र सक्रिय रूपमा विगत लामो समय देखि आफ्नो कलम चलाएर जिल्लाको विभिन्न स्तरमा पुगेर समाचारको माध्यमले परिवर्तन गर्न र गराउने भुमिका खेलिरहेको क्रियाशील पत्रकारहरूलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाले नयाँ सदस्यताबाट बञ्चित बनाएको प्रति मेयर प्रत्यासी यादवले दुख पोखेका छन । नेपाल पत्रकार महासंघको हैकमवादी प्रबृत्तिको बिरोधमा नेपाली काँग्रेस पार्टीको केन्द्रीय नेतृत्वहरूसँग यस बारे आफूले आवाज उठाउन र सम्बन्धित निकायमा नयाँ सदस्यता दिन बारे सकेसम्मको पहल समेत गर्न उनले बताए छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल मुस्लिम संघ मधेश प्रदेश कोषाध्यक्ष सर्फराज तैयब, नेपाली काँग्रेस रौतहट क्षेत्र नं १ प्रतिनिधिसभा सचिव संजय कुमार यादव, प्रदेशसभा (क) सभापति अवधकिशोर साह, जिल्ला सदस्य गुलरेज अहमद उर्फ जियाउल, युवा नेता शेख मनिर आलम र समाजसेवी लोकेन्द्र यादव उर्फ बबलु लगायतका सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here