रौतहट, २२ साउन ।। रौतहट जिल्लाको मध्य भाग गरुडा नगरपालिकाका स्थित धरोहरको रुपमा रहेका श्रीराम सुगर मिल्सलाई अनाधिकृत तरिकाबाट लिललामी टेन्डर गरेकोमा उखु उत्पादक संघको अगुवाईमा सदरमुकाम गौरमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार उखु उत्पादक संघ रौतहटले लिलाम भएको श्री राम सुगर मिल्स पनः गरुडामै संचालन हुनुपर्ने माग सहित गौरमा शान्ति पुर्णरुपले प्रर्दशन गरेको हो । जिल्लाका कृषकहरुको आयस्रोत र समृद्धि संग जोडिएको श्री रााम सुगर मिल्स लिमिटेडलाई जुनसुकै कम्पनी वा व्यक्तिले लिलाम सकार गरेपनि सो मिल्सको सरकार द्वरा चासो लीई गरुडामै संचालन हुनुपर्ने कृषकहरुको माग रहेको नेपाली काँग्रेस रौतहटका नेता दिपक यादवले बताएका छन् ।

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको अगुवाई पूर्व राजदूत डा. वंशिधर मिश्र, नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश साँसद सुनिलकुमार यादव, प्रदेश साँसद शोभा देवी साह, किशोरी यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, नेकपा एसका नेता वृजकिशोर यादव, सुनिल यादव, रामनारायण यादव, दिपक यादव, रामभरोस यादव, रामचन्द्र गिरी, अनिल यादव, रामेश्वर यादव, युवा नेता राजकुमार दास तत्मा, उद्योगी, व्यापारी, लगायत किसानहरुले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री सहित सम्बन्धित निकायमा ज्ञयापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाए पश्चात प्रदर्शन गर्दै विपी चोकमा कोण सभाको आयोजना गरेर अनाधिकृत रुपमा लाखौं उखु किसानको आयस्रोत धरोहरलाई चोर बाटो भएर लिलाम गरिएकोमा तत्काल रद्द गरेर श्रीराम सुगर मिल्सलाई पुन: संचालनमा ल्याउन जोडदार रुपमा मांग गरेका छन्। किसानहरु कौडीको मुल्यमा जग्गा दिएर चिनि मिल्साका संचालकलाई विक्री गर्नका लागि जग्गा दिएको होइन, उद्योग संचालन गर्नका लागि दिएको जग्गालाई कुनै पनि हालतमा विक्री गर्न नदिने चेतावनी दिदै वक्ताहरुले पाँच दिनमा राज्यबाट उचित सम्बोधन नभए आउदो २७ गते चिनी मिल्स गरुडा प्रङ्गनमा वृहद भेला मार्फत संघर्षका कार्यक्रम तय गरिने युवा नेता एवं व्यवसायी रामभरोस यादवले बताएका छन ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको स्वीकार्दै सम्बध निकायमा पठाइसकेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here