रौतहट २३ साउन ।। यस आर्थिक वर्षमा करदाता सेवा कार्यलय रौतहट गौरले गरे ८३ % राजस्व संकलन गरेका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा ४५ करोड ३७ लाख राजस्व संकलन गरेको थियो । यस आर्थिक वर्ष २०७९ / ०८० मा ४५ करोड ८७ लाख राजस्व संकलन गरेको छ । गत वर्ष भन्दा यो आर्थिक वर्षमा ५० लाख बढी राजस्व संकलन भएको करदाता सेवा कार्यलय गौरका कार्यलय प्रमुख पप्पु कुमार गुप्तले बताएका छन् ।

यो कार्यलय बाट यस वर्ष ३१६० जनाले ब्यक्तिगत स्थायी लेख न . लिएका छन् भने ९२५ ओटा ब्यपारिक स्थायी लेख न . लिएका छन् । गत वर्ष यो कार्यलय बाट २६९५ जनाले ब्यक्तिगत स्थायी लेख न . लिएका थियो भन्ने १४९५ ब्यपारिक स्थायी लेख न . लिएका थियो । यो आर्थिक वर्ष ब्यपारिक स्थायी लेख न . लिनेको संख्या घट्नु करण सोद्ध बैंकको ब्यपारिक कार्यको लागि लगाईने लीने लोन ( कर्जा ) बन्द गरिएको करण रहेको प्रमुख गुप्तले बताएका छन् ।

यो कार्यलय लाई दिएको लक्ष्यको ८३ % राजस्व संकलन गरिएको छ । हामी लाई दिइएको लक्ष्य मध्ये अन्त राजस्व कम संकलन भएको छ । गत वर्ष १ करोड ३५ लाख संकलन भएको थियो भने यस वर्ष ९९ लाख मात्र संकलन भएको छ । कार्यलयले अनुगमन वर्ष घोसना गरेको अनुरुप यो वर्ष १३७ बाट अनुगमन गरेका प्रमुख गुप्तले बताए ।

यस कार्यलय अन्तर्गत दर्ता रहेको एक सिसेलारी भदौ मसान्तमा नै निकासी ( बन्द ) भएको , पुजीगत लाभकर ( जग्गाको कारोबार बाट आएको राजस्व ) कम संकलन भएको ,इट्टा उधोगहरुको बिक्रि वितरण कम भएको , उधोगहरु बन्द भएको करण राजस्वमा कमि आएको छ । यो वर्ष Day1 Day2 मिस मा ल्याएको स्किममा लागि परि उल्लेखनीय सहभागिता गराई राजस्व संकलन गरेका छन् ।

यस कार्यलयले यो आर्थिक वर्षमा प्रसाशनिक कार्य तर्फ बन्द रहेको अहिलेको परिवेशमा धेरै जसो लाभग्राही समाजिक संजाल फेसबुकमा रहेकोले बन्द रहेको यो कार्यलयको फेसबुक पेजलाई सुचारु गरि सेवा प्रवाह गरिने कार्यमा जोड दियो ,नागरिक वडा पत्र , सुचना अधिकारी , गुनासो पेटिका , कर सूचना लिफलेट समेतको व्यवस्था मिलाईयो ।

व्कयैत रहेको सेवा ग्राहीलाई असुलीको लागि र विवरण हाल्नको लागि यस कार्यलय बाट फोन , ब्लक मेसेज लगायत पत्रचार समेत गरि तगडा गरि व्कयैत तिर्न र विवरण हाल्न आग्रह गरे । साथै यस कार्यलय ले यो आर्थिक वर्षमा गौर २ ओटा मौलापुर् , दुर्गा भगवती गा. पा . को पिपरा, बौधिमाई नगरपालिकाको बंकुल सहित यो कार्यलय बाट लाभ लिने क्षेत्रका लेखपाल र विधालयहरु लाई ETDS सम्बन्धि कार्यक्रम गरियो ।

यस कार्यलयमा ३ जना सुब्बाको दरबन्दी हुदाहुदै पनि एउटा पनि सुब्बा नरहेको मात्र एउटा कार्यलय प्रमुख र २ वटा कम्प्युटर अपरेटरले सेवा दि रहेकोले राजस्व संकलनमा कमि पनि आउनुको मुख्य कारण मध्ये एक रहेको प्रमुख गुप्तले बताए । तसर्थ सम्बन्धित कार्यलय लाई ध्यान दिन आवस्यक रहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here