असोज २७, रौतहट ।। हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राम जी साह सोनार चयन हुनु भएका छन । संस्थाको १४ औं साधारण सभा तथा चौथो अधिवेशनको अवसर पारी ११ सदस्यीय नयाँ कार्यसमिति गठन समेत गरिएको छ । साधारण सभामा सदस्यहरूको पूर्ण उपस्थितिमा विभिन्न एजेण्डाहरूमा छलफल गरिनुका साथै संस्थाको भविष्य र योजनाहरूको विषयमा विस्तृत समीक्षा गरिएको थियो ।

यस संस्थाको संचालक समितिको अवधि ३ बर्ष पुरा भई समाप्त भएकोमा अबको नयाँ संचालक समिति अगामि ३ बर्षको कार्य अवधि हुने गरि संचालक समितिमा साहलाई चयन गरिएको हो । सोहि अनुरुप अगामि ३ बर्षको अवधि हुने गरि उक्त साधारण सभाबाट कर्मठ, इमानदार र लगनशील युवा नेता रामजी साह सोनारलाई दोस्रो पटक पुनः अध्यक्ष पदमा निर्वाचित गरिएको छ । उनले यसअघि पनि अध्यक्षको पदमा रहँदै सहकारीको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सर्वसम्मतिले दोस्रो पटक अध्यक्ष निर्वाचित भएका रामजी साहले आफ्ना कार्यकालका अनुभव र योजना प्रस्तुत गर्दै संस्थाको आर्थिक वृद्धि र कर्जा लगानीलाई विशेष प्राथमिकतामा राखेर सहकारीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भने, “मलाई फेरि एक पटक यो गरिमामय पदमा विश्वास गरेर जिम्मेवारी सुम्पिएकोमा म सबै शेयर सदस्य, शेयरधनी र पदाधिकारीहरूप्रति आभारी छु । अब सहकारीको पूँजीगत वृद्धिका लागि थप पहल गर्नेछु ।“ नव निर्वाचित कार्यसमितिमा उपाध्यक्ष पदमा नागेन्द्र राउत, कोषाध्यक्षमा पंकज कुमार जैसवाल र सचिवमा भुवनेश्वर साहलाई चयन गरिएका छन् । अन्य सात सदस्यहरू पनि सर्वसम्मतिले चयन भएका छन्, जसमा रामभरोस प्रसाद यादब, कुमरकान्त साह, बिनोद राय यादब, नरेश कुमार राउत, महिला तर्फ माला देवी, बिना देवी र मिना देवीलाई सदस्य पदमा चयन गरिएको नव निर्वाचित अध्यक्ष साहले जानकारी दिनु भएका छन । वहाँले भने कि निर्वाचित पदाअधिकारी सहित सदस्यहरु सहकारीको विकास र भविष्यमा थप योगदान दिने जोश र जाँगर देखिएको छ । अध्यक्ष साहका अनुसार, नयाँ कार्यसमिति सहकारीको नियम र नीति अनुसार सदस्यहरूको हकहितको संरक्षण गर्दै आर्थिक गतिविधिलाई अझ सुदृढ बनाउने कार्यमा जुट्ने छ । साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका पूँजीगत वृद्धि, सदस्यहरूको संलग्नता, कर्जा लगानी र फिर्तीको स्थिति, तथा आगामी योजनाहरूमा ध्यान केन्द्रित गरिएको थियो ।

अध्यक्ष साहले विशेष रूपमा सहकारीको सुदृढ आर्थिक स्थिति र भविष्यका योजनाहरू बारे जानकारी गराएका थिए । साधारण सभामा उपस्थित शेयरधनीहरूबाट नयाँ योजनाहरूको स्वागत गरिएको थियो भने सहकारीको सुदृढिकरणका लागि आवश्यक सुझावहरू पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा मेयर प्रत्याशि बृजकिशोर यादब,राम भरोस यादब, रामकृष्णा चौधरी, शिक्षा मन्त्रालयको पुर्व सचिव राम प्रबेश यादब, बिधायक प्रत्याशि संन्तोष साह, छोटेलाल पटेल , ईलाका प्रहरी कार्यालय गरुडाका प्रतिनिधि लाल प्रसाद गुप्ता, शिक्षक लक्ष्मण साह , संचारकर्मि लगायत सयकडौं मानिसहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here