रौतहट, ०३ कार्तिक ।। रौतहट जिल्लाको उत्तरी भेगमा रहेको फतुवा विजयपुर नगरपालिकाले आठौँ नगर अधिवेशन बाट ६० करोड भन्दा बढीको निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नेपाल सरकारको नियम अनुसार प्रत्येक स्थानीय तहले असाढ मसान्त भित्रमा नगरसभा गरी आर्थिक वर्षको बजेट निति तथा कार्यक्रम ल्याउनु पर्ने नियम रहेको छ । तर जनप्रतिनिधिहरू बीचको आन्तरिक द्वन्द र भागबन्डा नमिलेको कारण असाढ़मा हुनु पर्ने नगर सभा चार महिना ढिलो गरी शनिबार सम्पन्न भएको हो
|

कार्यवाहक नगर प्रमुख अम्ब्या खातुनको अध्यक्षतामा मधेस प्रदेश सरकारको अर्थमन्त्री सुनिल कुमार यादवको प्रमुख आतिथ्य, जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवको बिशिस्ट आतिथ्यमा नगरपालिकाको कार्यालय परिसरमा आठौं नगरसभा अधिवेशन भव्य सहभागिता बिच सम्पन्न भएको हो ।

नगरपालिकाले आठौं नगरसभा द्वारा यस चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ६० करोड ७७ लाख सात सय अन्ठानब्बे रुपैया बजेट सर्वजनिक गरेको छ । भन्ने चालु आर्थिक वर्षको लागि वित्तीय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान,राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार गुप्ताले बताएका छन् ।

यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ,विधुत,भौतिक पुर्वाधार निर्माणकार्य,पर्यटन तथा संस्कृतिलगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको छ ।

रौतहटमा रहेको १८ वटा स्थानीय तह मध्ये अहिले सम्म १७ वटा पालिकाले नीति, कार्यक्रम तथा बजेट ल्याई सकेको अवस्थामा रहेको छ । तर जनप्रतिनिधि वीचको कुरा नमिल्दा फतुवा विजयपुर नगरपालिकाको नगर सभामा ढिलाई हुदै आएको थियो । लामो समयको प्रयास पछि जनप्रतिनिधि वीच कुरा मिले पछि फतुवा विजयपुरको आठौं नगरसभा बहुमतले पारित भएको हो । सो कार्यक्रममा लेखा प्रमुख कामेश्वर सहनी लगायत पालिकाका सम्पुर्ण कर्मचारी तथा राजनीतिककर्मी, भद्रभलादमी, सबै वडाका वडाध्यक्ष सहित कार्यपालिका सदस्य तथा सञ्चारकर्मीसमेतको उपस्तिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here