रौतहट, २३ चैत ।। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं ९ स्थित नर्सिङ क्याम्पस नजिक दिव्य दृष्टि एकेडमी बोर्डिङ स्कुलको उद्घाटन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । शिक्षा जगतमा एउटा नयाँ आयाम रुप लिएर आएका यस विद्यालयको मुल उद्देश्य छात्र-छात्राहरूलाई उच्च स्तरको शिक्षा, विद्यार्थीले रुचाउन क्षेत्रमा प्रस्फुटन गराई चैतरफी बिकास संगै राम्रो संस्कार प्रदान गर्नु हो ।

समारोहमा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय रौतहट प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का र राजदेवी नगरपालिका नगर प्रमुखले संयुक्त रुपमा उद्घाटन गर्दै, विद्यालयको शैक्षिक र सामाजिक उद्देश्यहरूको बारेमा प्रकाश पार्नुभयो । उहाँले भने, “हामी आज यहाँ एक नयाँ युगको शुरुवात गर्दैछौं, जहाँ विद्यार्थी छात्र-छात्रा केवल किताबमा मात्र होइन, जीवनका सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्नेछन् भन्ने विश्वास जताए ।

विद्यालयका संस्थापक हिमालय जयसवालले विद्यालयको मूल उद्देश्य र सुविधाबारे जानकारी दिएका थिए । यो बोर्डिङ स्कुलमा आधुनिक कक्षाहरू, खेलकुद सुविधाहरू, पुस्तकालय र छात्रावासका उच्चस्तरीय व्यवस्थाहरू रहेका छन् ।

समारोहमा अभिभावक, विद्यार्थी र स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थितिमा विद्यालयको उद्घाटन गरिएको थियो । यही शैक्षिक वर्षदेखि यहाँ अध्ययन गर्नका लागि विद्यार्थीहरूको नामांकन प्रक्रिया सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here