रौतहट, २४ चैत ।। रौतहटको सदरमुकाम गौर नगर सहीत जिल्ला भरीका जन युवाहरु द्वारा आज श्रीराम नवमीको पावन अवसरमा गौर नगरका युवाहरूले विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्यता साथ नगर परिक्रमा गरी मनाएका छन् । वेद र धार्मिक मानयता अनुसार आजको दिन भगवान श्री रामको जन्म भएको दिनलाई उत्सवको रुपमा मनाईदै आइरहेको छ । कार्यक्रमको मुख्य उद्देश्य श्रीरामको आदर्श र त्यागलाई समर्पित गर्दै समाजमा धार्मिक र सांस्कृतिक महत्वको प्रचार गर्नु रहेको थियो ।
यस अवसरमा विभिन्न धार्मिक क्रियाकलापहरू जस्तै श्रीराम कथा, भजन, पूजा, र रामायण का अंशहरूको पाठ गरिएको थियो । कार्यक्रमको प्रमुख आकर्षण भनेको गौर नगरका युवाहरूको सामूहिक प्रस्तुतिहरू थिए, जसमा रामलीला नृत्य र गायकहरूको भजन प्रस्तुतिमा सहभागीहरूले धार्मिक र सांस्कृतिक सांगीतिक रचनाहरू प्रस्तुत गरे ।
सांस्कृतिक कार्यक्रमका क्रममा सहभागीहरूले रामायणका महत्वपूर्ण प्रसंगहरूलाई नाटकको रूपमा प्रस्तुत गरे, जसले दर्शकहरूलाई धार्मिक शिक्षामा आधारित जीवन र मूल्यहरूको महत्त्वलाई पुनः स्मरण गरायो । यस अवसरमा नगरका विभिन्न सामाजिक संघसंस्थाहरू र धर्मप्रेमीहरूको सहभागीता रहेको थियो ।
युवाहरूका अनुसार, यस प्रकारका कार्यक्रमहरूले न केवल धार्मिक एकता र सांस्कृतिक धरोहरको संरक्षणमा मद्दत पुर्याउँछ, बरु नयाँ पुस्तामा रामायण जस्तै सत्यको बाटो रोजने पाठ सिकाउँछ र श्रीरामका जीवनदृष्टिका बारेमा सन्देश पुर्याउनमा पनि ठूलो भूमिका खेल्छ ।
कार्यक्रमको समापनमा आयोजकहरूले समर्पण र भक्तिपूर्ण भावनासाथ एक सन्देश जारी गरे कि धर्म र संस्कृतिको महत्वलाई बुझ्न र पालन गर्नका लागि यस्ता कार्यक्रमहरूको आयोजना अत्यन्त आवश्यक रहेको बताउनुभयो ।