रौतहट, २६ चैत ।। रौतहट जिल्लाको क्षेत्र नं २ का माननीय महिला तथा मामिला विकास समिति सभापति किरण कुमार साह द्वारा बौधीमाई न.पा. वडा नं.९ सरमुजवा टोलमा १ करोडको लागतमा बन्न गईरहेको रोडको दुवै तर्फ नालाको शिलान्यास गरिएको छ ।

याहाका जनता दशकौ दिखी वर्षा याममा भोगदै आइरहेको हिलोको समस्यालाई हटाउने उदेश्यले नला निर्माण अती आवश्यक रहे पनी पहिलाको जनप्रतिनिधिहरुले कुनै चासो नदेखाएको थियो । माननीय साह निर्वाचित हुने वितिकै जिल्लाको क्षेत्र नं २ को चौतर्फी विकास लाई प्रथमिकतामा राखी जनताको विकासमा लागेको याहाको जनता बताउँछन् ।

आज एक औपचारिक कार्यक्रम बिच संघिय सरकार द्वारा निर्धारित बजेट बाट नाला निर्माण कार्यको विधिपूर्वक शिलान्यास गरी कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ । नाला निर्माण कार्य ठेका मार्फत गरिनेछ ।

बाबा विश्व बन्धुनाथ मन्दिर एवं वडा नं ८ को कंकाली मन्दिर स्तित आयोजित शिलान्यास कार्यक्रममा प्रमुख अतिथि माननीय किरण साह बौधिमाई नपा वडा नं ९ सरमुजवाका वडा अध्यक्ष लगायत वडाका वडा अध्यक्ष समाजसेवी, नेता कार्यकर्ता, संचारकर्मी, वुद्धिजिवी सहित भर्भाला आद्मिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here