एजेन्सी ११ चैत ।। नेपालको छिमेकि देश भारतका नेपाली सिमा संग जोडिएका भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री पदको सपथ लिदै छ । आज अपराह्न चार बजे बाट लखनउको इकाना स्टेडियममा उनको सपथ ग्रहण समारोह सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी भएका छन् । सपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र सार्वजनिक स्थानहरुलाई झण्डा, झिलिमिली बत्ती र आकर्षक होर्डिङ बोर्डहरुले सजाइएको छ । सपथ ग्रहण समारोहमा मोदीका साथै गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीहरु पनि सहभागी भएका छन् ।

मध्य प्रदेश, हरियाणा, मणिपुर, हिमाचल प्रदेश, अरुणाचल प्रदेश, त्रिपुरा, गोवा, असम, गुजरात, उत्तराखण्ड, कर्नाटक, नागाल्याण्डका मुख्यमन्त्रीहरुलाई पनि पाहुनाको रुपमा बोलाइएको छ । सपथ ग्रहण समारोहमा ७० हजार भन्दा बढी मानिसहरु भेला रहेको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here