काठमाडौं ०१ भदौ ।। नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई देशद्रोहीको संज्ञा दिएका छन् । बुधबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य नै नरहेको बताए ।

उनले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान-परिवारको वरिपरि मात्रै घुमेको बताए । उनले भने,’ कांग्रेसले अब के गर्ने भन्दा गठबन्धन। नीति के छ गठबन्धन । कार्यक्रम के छ गठबन्धन । पुग्ने कहाँ हो गठबन्धन।गठबन्धन गरेर के गर्ने हो, गठबन्धन ।

उनले समाजमा परिवर्तन ल्याउनका लागि राजनीति गर्नुपर्ने बताए । उनले भने, ‘यो देशद्रोही गठबन्धन हो । नेपाली जनतालाई ढाँट्छ । कांग्रेस लुलो भयो । कांग्रेस अब एक्लै उभिन सक्दैन । कांग्रेस त ५/ ७ वटा साथी नलिइकन अघि बढ्नै सक्दैन । कांग्रेसको विचार शून्य छ । कहाँ जाने थाहा छैन । कोसँग मिलेर के गर्ने थाह छैन ।

उनले समृद्धि नेपाल,सुखी नेपालीको यात्रा रोक्न गठबन्धन बनेको बताए । एमालेले जीते देशले जित्ने र स्थीरता आउने दावी गरे। उनले भने,’ एमालेले जित्यो भन्यो भ्रष्टाचार विरोधी अभियानले जित्छ। होइन भने त करका दर, व्यापारीका प्रतिनिधि ल्याएर भ्रष्टाचार झन बढि झांगिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here