काठमाडौँ ११ भदौ ।। एसियाकप टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदै छ । युएईको दुबईमा सुरु हुने प्रतियोगिताको पहिलो खेलमा आयोजक श्रीलंकाले अफगानिस्तानको सामना गर्दै छ । समूह ‘बी’ अन्तर्गत हुने पहिलो खेल साँझ ७ः४५ मा सुरु हुने छ ।

प्रत्येक चार वर्षमा आयोजना हुने प्रतियोगिता दोस्रो पटक टी–२० फर्म्याटमा आयोजना हुन लागेको हो । यसअघि २०१६ मा टी–२० विश्वकपलाई ध्यानमा राख्दै पहिलो पटक एसियाकप टी–२० फर्म्याटमा गरिएको थियो । यो वर्ष पनि अस्ट्रेलियामा हुने टी–२० विश्वकपलाई ध्यानमा राख्दै एसियाकप टी–२० फर्म्याटमा गर्न लागिएको हो ।

यस प्रतियोगितामा कुल ६ टिमलाई २ समूहमा विभाजन गरिएको हो । समूह १ मा भारत, पाकिस्तान र हङकङ रहँदा समूह २ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् । भोली दोस्रो खेल अन्तर्गत भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here