रौतहट, ०१ फागुन ।। रौतहट जिल्लाको विभिन्न सरकारी तथा निजि स्कूलमा सरस्वती पूजाका लागि सरसफाई शुरु भएको छ ।वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव गर्नका लागी अहिले रौतहट भरका साना देखी ठुला स्कूल तथा बोर्डिंगमा सरसफाई शुरु भएको छ । जिल्लाको कटहरिया, गौर, गरुडा, चन्द्रनिगाहपुर समन्पुर, मौलापुर लगाएत जिल्लाभरीको निजी तथा सरकारी स्कूलमा सरसफाई भईरहेको छ ।

कटहरिया स्थित श्री जनता मा. बि., त्रिशक्ति ऐकेडेमी इंगलिश बोर्डिंग स्कुल, माही मेमोरीयल, बाल कल्याण बोर्डिंग स्कूल लगाएत रौतहट भरीको स्कूलमा सरसफाई भईरहेको पाईएको छ । यस वर्ष फाल्गुन २ गते बुधवार सरस्वती पूजाको तिथि छ । हरेक वर्ष झै यो वर्षपनी धुमधामका साथ सरस्वती पूजनोत्सव गर्ने तयारी भईरहेको श्री जनता मा.बि. कटहरियाका प्रधानध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी दिनु भयो ।

चन्दा संकल्न गरि बिधार्थीहरुले हरेक वर्ष सरस्वती पुजा गर्दै आएको त्रिशक्ति ऐकेडेमी इंगलिश बोर्डिंग स्कुलका फाउन्डर प्रकाश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बिधार्थीहरुले हरेक वर्ष चन्दा संकल्न गरि धुमधामका साथ पूजापाठ गर्नुका साथै सांस्कृतिक कार्यक्रम गर्दै आएको र यो वर्ष पनी गरिने तयारी भईरहेको छ ।

त्यस्तै श्री जनता मा. बि.का प्रधानध्यपाक सचिन्द्र प्रसाद यादवका अनुसार सांस्कृतिक कार्यक्रमका साथै धुमधामका साथ पुजा गर्नका लागी सरसफाई सहित सरसजावटमा विधार्थीहरु जुटेको बताए । सरस्वती पुजाको भोलीपल्ट अर्थात् विहीबार फागुन ३ गते अष्टजामको आयोजना गरिएको प्रधानध्यापक यादवले जानकारी दिनु भयो ।

यसैबिच जिल्लामा मूर्तिकार यति बेला मूर्ति बनाउन व्यस्त भएका छन् । ग्राहकको अर्डरअनुसार पाँच हजारदेखि ५० हजारसम्मको मूर्ति बनाउन व्यस्त रहेका कुम्हाल कलाकारहरुले बताएका छन । सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्न भ्याइनभ्याई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here