जनकपुरधाम, २१ पुस ।। शुक्रबार सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साह निर्दोश रहेको प्रहरीले स्वीकारेको छ । बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय सर्लाही होटेलका संचालक तथा कुखुरा दानका हलसेल बिक्रेता साहको मृत्यु भएको थियो ।

सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रविण धितालले गोली लागेर मृत्यु भएका युवक निर्दोश रहेको बुझिएको स्वीकारे । प्रदर्शनकारीले प्रहरीको हतियार थुत्न खोजेपछि पड्केर युवक साहलाई लागेको हुन सक्ने एसपी धितालको भनाइ छ ।

‘प्रदर्शनकारीले हतियार थुत्न खोजेका थिए । त्यही बेला गोली चलेर युवकलाई लागेको हुन सक्ने हाम्रो अनुमान छ’ एसपी धितालले टुडेपाटीसँग भने ‘थुत्ने बेला गोली कता चल्यो भन्ने कता चल्छ भन्ने थाहा नहुन सक्छ । मृत्यु भएको युवक अहिलेसम्म आन्दोलनकारी नभएको हाम्रो जानकारीमा आएको छ ।

आन्दोलनमा मारिएका युवक जयशंकर बुबा बंगालीराम साहका पाँचछोरा मध्येका एकला छोरा थिए । उनी तीनवर्षअघि बंगलादेशबाट एमबीबीएस अध्ययन गरेर फर्केका थिए । बुबा बंगाली राम साह बिरामी भएपछि आफू अस्वस्थ्य रहेको भन्दै ठूलो व्यवसाय हेर्न छोरा जयशंकरलाई बोलाएका थिए । तीनवर्ष अघि बुबा बंगलारीरामको देहान्त भएको थियो । त्यस यता उनले व्यापार व्यवसाय सम्हालेका थिए ।

बरहथवा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मोहम्मद अफताव आलमका अनुसार युवक जयशंकर विद्युत महसुल बुझाउन मोटरसाइकल चढेर पुगेका थिए । विद्युत कार्यालय जाँदै गर्दा प्रहरीले चलाएको गोली टाउकोमा लागेर उनी त्यहीँ ढले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here