सर्लाही, १८ असोज ।। सर्लाहीको बलरा नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत वितरण सुरु गरिएको छ । देशकै विभिन्न जिल्लामा लगातार भएको अविरल वर्षाका कारण आजको भिसन बाढीका धेरै ठाउँ लाई प्रभावित गरेको छ । त्यस्तै बलरा नगरपालिकाकामा बाढको चपेटामा धेरै घर परिवार पारेका छन् । प्रभावित भएका घर परिवार लाई पहिलो चरणमा बलरा नगरपालिका वार्ड नम्बर ३ का १५० बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

दोस्रो चरणमा पालिकाको वडा नं १ का प्रभावित भएको घर परिवार लाई नगर प्रमुख रामाशंकर कुशवाहा द्वारा राहत सामग्री वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रम सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा बलरा नगरपालिकाको सहकार्यमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रद्वारा सञ्चालित समुन्नति परियोजनाअन्तर्गत गरिएको हो । राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रकी अध्यक्ष गायत्री देवीका अनुसार, प्रति परिवार ९ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिरहेको छ । राहत सामग्रीमा एक सेट खाना बनाउने भाँडाकुँडा, शुद्ध खानेपानीको लागि पानी फिल्टर, दुईवटा त्रिपाल, एक केजी डोरी, ब्लांकेट, र बाल्टिन सेट रहेको छ ।

राहत वितरणको कार्यक्रममा मेयर कुशवाहाले नगरपालिकामा बाढीबाट सबैभन्दा बढी प्रभावित वार्ड नम्बर ३ बाट राहत वितरणको सुरुवात गरिएको जानकारी गराए । ” हामीले बाढी प्रभावित परिवारलाई राहत वितरण सुरु गरेका छौं,” मेयर कुशवाहाले भने, “पहिलो चरणमा वार्ड नम्बर ३ बाट राहत वितरण थालिएको छ भन्ने क्रमस प्रभावित सबै वडामा राहत वितरण गरिनेछ ।

बलरा नगरपालिकाका ११ मध्ये ९ वटा वार्डहरू बाढीबाट प्रभावित भएका छन्, जसमध्ये ३ वटा वार्ड पूर्ण रूपमा प्रभावित भएको र ६ वटा वार्ड आंशिक रूपमा क्षतिग्रस्त भएको जनाइएको छ । कुलेखानीको बाँधमा पानीको सतह बढेपछि खोलिएका ढोकाहरूका कारण बागमती नदीमा पानीको बहाव उच्च भएपछि असोज १२ गते बलरा नगरपालिकामा बाढी आएको थियो ।

मेयर कुशवाहाले बाढीबाट प्रभावित कुनै पनि परिवार राहतबाट वञ्चित नहुने बताउँदै, नगरपालिकाले पूर्ण, आंशिक, र न्यून रूपमा प्रभावित परिवारहरूलाई आवश्यकताअनुसार फरक–फरक राहत प्याकेज वितरण गरिने जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here