काठमाण्डाै, ०९ माघ ।। २३ औँ आहा रारा पोखरा गोल्डकप आजदेखि शुरु हुँदैछ । पोखरा रङ्गशालामा आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्री स्टार क्लब खेल्दैछन् । यो खेल दिउँसो दुई बजेदेखि शुरु हुँदैछ ।

प्रतियोगितामा साविक विजेता सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्रसहित १२ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता यही २० गतेसम्म पोखरा रङ्गशालामा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here