रौतहट १३ साउन ।। राैतहट जिल्लाको सदरमुकाम गौरमा इस्लाम धर्मावलम्बीहरुको तेस्रो महान् पर्व मोहरम (दाहा) हर्ष उल्लासका साथ मनाईएको छ । जिल्लाको सदरमुकाम रहेको गौरको बरहवा पुल नजिक बजरंग बली मन्दिर स्थित शनिबार उनिहरुले एकआपसमा लाठी, भाला, फरसा, तलवार तथा झर्नी खेल्दै मोहरम पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

जिल्लाको सदरमुकाम भएको कारण बढी संख्यामा आवागमन भईरहेको लाई ध्यानमा राखी दाहा पर्वका नेपाल प्रहरी र ट्रैफिक प्रहरीले निगरानी गर्दै मेला लाग्ने ठाउँ सम्म सुरक्षित सुरक्षा दीई पुर्याएको थियो ।

विशेषगरी मुस्लिमहरुको बसोबास रहेको जिल्लाका बिभिन्न पालिकाहरुमा दाहा मेलाको आयोजना गरिएको हो । कतिपय गाउँमा खेलाडीहरु बिच लठ्ठी लडाएर प्रतियोगिताको आयोजना गरिएको पनी छ ।

मुस्लिम समुदायको पर्व भएकाले युवाले समूह–समूहमा भेला भई आफ्नो कलाकौशलसहितको झर्नी खेल खेलेको र दाहा मेलामा मनोरञ्जनात्मक कला प्रदर्शन गर्दै सम्पन्न गरेको छ । उनीहरुले झर्नी खेलेर मनोरञ्जन गराएबापत स्थानीवासीले केही दक्षिणा पनि दिइने चलन पनी रहेको छ ।

तीन दिनअघिदेखि मोहरमको चहलपहल सुरु भएकोमा रौतहटको मुस्लिमले मोहरम (दाहा) सम्पन्न गरेका हुन् ।
जिल्लाको गौर, गरुडा, मौलापुर, चन्द्रपुर, बौधिमाई, गुजरा, परोहा, फतुवा विजयपुर, लगायत मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेका ठाउँमा दाहा मेलाको आयोजना गरिएको छ । यसवर्षको मेलामा शान्तिपुर्वक सम्पन्न भएको मुस्लिम अगुवाहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here