सर्लाही १३ साउन ।। सर्लाही जिल्लाको गोडैतामा एक बालिकाको खाल्डोमा डुबेर मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका वार्ड न. १० का राम प्रवेश महतोको छोरी रहेकी छिन् । स्थानीयहरुका अनुसार बाटो निर्माण गर्नको लागि बनाईएको खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ् ।

स्थानीय राम प्रवेश महतोकी १३ बर्षिय छोरी नेहा कुमारीको घुँगी टिप्न जाँदै गर्दा उक्त खाल्डोमा परि मृत्यु भएको हो। खाल्डोमा नेहालाई देखे पछि स्थानीयले खाल्डोबाट निकालेर उपचारको लागि तत्काल जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा लगिएकामा डाक्टरले मृत घोषणा गरेका थिए।

अहिले मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here