रौतहट २७ माघ ।। हनुमत कु.यादव ।। रौतहट जिल्लाको गौर चन्द्रपुर बिरेन्द्र राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुदा एक जना मृत्यु भएको छ । बिहिबार विहान करिब साढे ४ बजेको समयमा गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोक नजिकै पहिचान नखुलेको सवारी साधनले ठक्कर​ दिदा मृत्यु भएको छ । सवारी नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा नाम थर, वतन नखुलेको अन्दाजी ५०–५२ वर्षका पुरुष घाइते भएका थिए ।

घाइते पुरुषको उपचारको क्रममा अस्पताल लैजाँदै गरेको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी श्रीराम भण्डारी जानकारी दिएका छन् । मृतकलाई पोस्टमार्टमको लागि गौर अस्पतालमा पठाईएको डीएसपी भण्डारीले बताए छन । ठक्कर दिएर भागेको सवारी साधनको खोजतलास भइरहेको प्रहरीले बताएको छ । मृतकको पहिचान गर्नको लागि प्रहरीले स्थानीयसँग सहयोगको अपिल समेत गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here