वीरगन्ज, १२ असोज ।। वीरगन्ज बालसुधार गृहबाट दुईजना किशोर फरार भएका छन् । वीरगन्ज -४ वीर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएको सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।

सुधार गृहमा कूल १२६ जना बालक र किशोर रहेकोमा शुक्रबार बिहान दुईजना फरार रहेको काफ्लेले बताए । प्रहरीका अनुसार सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू गृहसँगै टाँसिएर रहेको मेडिकल क्लिनिको छतमा गइ त्यहाँबाट हाम फालेर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बालसुधार गृहबाट फरार भएका दुवैजनाको खोजी भइरहेको बताए । उक्त बालसुधार गृहमा गत भदौ २६ गते बालबालिकाहरूबीच विवाद भइ झडप हुँदाा ३ प्रहरी र ११ जना बालक घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here