रौतहट २६ माघ ।। रौतहट जिल्ला क्षेत्र नं २ को ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको शव फेला परेको छ । महिलाको शव लावारिस अवस्थामा गहुँबारीमा फेला परेको हो । ईशनाथ नगरपालिका –९ मा बस्ने मो. कलाम मियाको १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी ले जानकारी दिएको छ । महिलाको मुखमा कपडा कोचेको अवस्थामा फेला परेको हुदा हत्या हुन सक्ने शंखा गरीएको छ ।
लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । श्रीमान्ले फोन गरे पछी चाँदनी राति घरबाट निस्किएकी थिईन् ।
पोष्टमार्टमको लागी शवलाई जिल्ला अस्पताल गौर पठाईएको छ । पोष्टमार्टम पछि घटनाको बारेमा थप कुरा खुल्ने रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।