रौतहट, २९ माघ ।। रौतहट जिल्लाको उतारी भेगमा पर्ने फतुवा विजयपुर नगरपालिका ३ स्थित नाग देवता भनेर दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला परेको छ । तीन साता अघिदेखि फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग ( सर्प ) देखिएको थियो । सोमबार बिहान एकजना स्थानीयले उक्त सर्पलाई मृत अवस्थामा फेला पारेका हुन् ।

स्थानीय महिलाहरुले मृत सर्पप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मृत सर्पलाई हेर्नेको घुँईचो लागेको छ । उक्त स्थानमा दैनिक बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लाग्ने तथा दैनिक सयौं मानिसले पूजासमेत गर्दै आएको स्थानीयहरुले बताएका छन ।

नहर छेउको खेतको दुलोबाट दैनिक बिहान १० बजे निस्केर अपरान्ह ३ बजेसम्म एउटै स्थानमा बस्नेगरेको गाउँलेले बताएका छन् । उक्त सर्पलाई विज्ञहरुले मोनोक्लड कोब्रा भनेका थिए ।

स्थानीयको अनुरोधमा केही दिनअघि त्यहाँ पुगेकी मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले उक्त स्थानमा नाग देवताको मन्दिर निर्माण गर्ने घोषणा गरेकी थिइन् ।

यस्तै नाग देवता भनिएको उक्त सर्प जस्तै केही समयअघि कटहरियामा पनि देखिएको थियो। उक्त सर्पलाई ब्लेक कोबरा भनिएको थियो।यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिका अन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here