आदर्श मण्डल-वर्तमान अवस्थामा जनकपुरधाम मधेश प्रदेशको राजधानी हो । राजधानीको बेग्लै महत्व हुन्छ । जनकपुरधामको विगत कोट्याएर हेर्दा यो एउटा पवित्र धार्मिक नगरी पनि हो । जहाँ राजा जनक र आदर्श नारी सीताका विभिन्न किस्साहरु जोडिएर आउँछ । जनकपुरधाममा रहेका विभिन्न ताल-तलैया, पोखरी कुण्ड, मठमन्दिर, कुटी र गुठीका जग्गाजमिन अतिक्रमण हुने क्रम जारी नै छ ।

जनकपुरधाम स्थित साविक अञ्चल र वर्तमान प्रदेशिक अस्पतालको आफ्नै कथा व्यथा छ । जुन आफै बिरामी बढी हुन्छ । यहाँ काम गर्ने चिकित्सदेखि पालेसम्मलाई जानकी माताले धनी त बनाएकै छ । गरिबहरु झनै गरिब भएकै छ । रोगीहरु प्रायः रोगी हुने गरि नै फर्किनु परेको छ भने अकालमै मृत्यूवरण गर्नुपरेको अवस्था यहाँ कार्यरत्त चिकित्सकहरुको लापरवाहीले हुने गरेको भन्ने कुरा विभिन्न माध्यमबाट सुन्न पाइएकै छ ।

जनकपुर अंचल अस्पतालको नाम फेरिएर प्रादेशिक अस्पताल मधेश प्रदेश भनिन थालिएको छ । केहि वर्ष दिनमै पुनः नाम फेरेर मधेश प्रदेश सरकारले अहिले यसलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गरेकोमा सस्तो लोकप्रियताका लागि जनतामा भ्रम सृजना गरेको स्पष्ट देखिन्छ । मधेश सरकारले अस्पताललाई प्रतिष्ठान बनाएपनि अस्पताल भन्दा पनि निकै कहाली लाग्दो अवस्थामा पुगेको छ।

विगतमा पनि यहाँ कार्यरत्त चिकित्सकले अस्पतालमा पाइने निःशुल्क औषधीहरु निजी अस्पताल, क्लिनिक तथा औषधी पसलमा लगेर विक्रि वितरण गरेकै छ । सेवाग्राही विरामीलाई निःशुल्क औषधी पनि खरिदनु परेकै छ । मानवता पनि दानवरुपी अस्पतालका कर्मचारीदेखि चिकित्सकको व्यवहारले दलाल झनै फस्टाएकै छ । अस्पताल भगवन भरोसे नै चलि रहेको छ । नाम मात्रको प्रतिष्ठानले अहिलेसम्म जनतालाई दिग्भ्रमित बाहेक केही गर्न सकेको छैन । यो अस्पताल हो की प्रतिष्ठान हो अझै पनि अन्योलता कायमै छ ।

गरिब, असहाय र पहुँच नभएका सिमान्तकृत व्यक्तिहरुका लागि अस्पताल वा प्रतिष्ठानमा अझैपनि सेवा पाउन निकै मुस्किल छ । अस्पताल व्यवस्थापन समितिले निर्धारण गरेको मूल्य अनुसारको पूर्जी कटाउन सहज बाहेक शैय्यादेखि उपचार पाउन भने निकै सास्ती अझैसम्म पनि खेप्नु परेको अवस्था छ ।

यत्रतत्र फोहोरको डुंगुर, अव्यवस्थित अस्पतालका विभिन्न कक्ष, विरामी रहेको ठाउँमा चिकित्सक पुग्न घण्टौ कुर्दा पनि आउने वा नआउने अन्योल नर्ससमेतलाई हुँदो रहेछ । यो अस्पतालमा चिकित्सक पाउनु भन्दा सहज त मन्दिरमा भगवान नै सहजरुपमा पाउँदो रहेछ जस्तो पनि अनुभुति हुँदो रहेछ, यहाँ उपचारका लागि आउने गरेका सेवाग्राहीको अनुहार हेर्दा ।

सरकारी जागिर खाने थलोको रुपमा रहेको प्रतिष्ठान वा अस्पतालमाथि सेवाग्राहीको विश्वास नै उठ्न थालेको छ । तथापि सरकार भने आफै रमिते छ । जनता ठग्न पाउँदा निकै आहलादित छन् ।
अस्पतालको नाम परिवर्तन गर्न खप्पिस देखिएका मुख्यमन्त्रीदेखि मन्त्रीजन्त्रीसम्मले प्रतिष्ठानको व्यवस्था, व्यवस्थापन र जनमैत्री भन्दा पनि व्यवसायीक चिकित्सकको हातमा सुम्पेर जनताको कर पनि खाने र अस्पतालमा आउने सेवाग्राहीको रगतपनि खाने र अस्पतालपनि बेचेर खाने नियतीले प्रश्रय पाउँदै जाँदा यहाँ स्वास्थ्य मानिस पनि अस्वस्थ्य नै हुने कुरामा उपचार गराउन आएका सेवाग्राहीको अनुभव बडो तितो र यथार्थ रहेको छ ।

यदि सरकारी अस्पतालमा राम्रोसँग जनताले उपचार गराउन सक्दैन, डाक्टरसाहेबहरु राम्रोसँग बोल्न नै सक्दैन भने सरकारी अस्पतालको के काम ? म नेपाल सरकार संग माग गर्दै छु जनताले सुविधा नै पाउदैन त्यो अस्पताल नि: शुल्कमा सुबिधा लिइ रहेको कार्मचारीहरुको के काम ? त्यसैले त्यसतो अस्पताल बन्द गरिदिनुहोस र त्यसतो कर्मचारीहरुमा रुपैयाँ खर्च गर्ने काम बन्द गरिदिनुहोस सरकार ।

जनकपुरधाम प्रादेशिक अस्पतालको हालत बेहाल छ । न कसैलाई चासो छ, न फिकिर । सबै मस्त निद्रामा निदाएका छन् । न प्रादेशिक अस्पताल अवस्था बारेमा केन्द्र सरकारलाई ध्यान छ , न त प्रदेश सरकार , न त स्थानीय सरकारको ध्यान छ । यदि यहीँ प्रदेशमा मन्त्रालय टुक्राएर भागबन्डा बनाएर थुप्रै मन्त्रालय बनाउनु पा¥यो भने यहाँ सम्भव छ तर त्यहीँ प्रदेशको प्रादेशिक अस्पतालमा ईमर्जेन्सी वडामा बेड भेट्दैन डाक्टर प्रयाप्त मात्रैमा भेट्दै त्यो कुरा असम्भव छ ।

जुन जनताको भोटले चुनाव जित्छ त्यसको फिकिर नेताहरूलाई छैन । तर मन्त्रालय टुक्राएर भागबन्डा मिलाउदा कर्मचारी खोज्नु खुब सजिलो छ । हरेक पार्टीले आफ्नो पार्टीको घोषणापत्रमा स्वास्थलाई आगडि बोल्ड अक्षरमा छापिएको हुन्छ, त्यस्तो नाटक बन्द गरिदिनुहोस् । काम नलाग्ने अस्पताल बन्द गरिदिनुहोस् सरकार । जनताका लागि दानवरुपी अस्पताल भन्दा जानकी मन्दिरकै भगवान बेस । भगवान भरोसे बाँँच्नु पनि त संघर्ष नै हो, होइन र ?

लेखक आदर्श मण्डल –
जनकपुरधाम ।
उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) पार्टीका भातृ संगठन अनेरास्ववियूका केन्द्रिय कमिटी सदस्य तथा कानुन अध्यनरत्त धनुषा जिल्लाका बिद्यार्थी नेता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here