जनकपुरधाम १७ जेठ ।। मधेश प्रदेश सरकार अगामी जेठ २१ गते आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साहले जानकारी दिए ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाई, स्वास्थ्य, पूर्वाधारको विकासमा जोड दिने भएको छ ।

नीति तथा कार्यक्रम पश्चात प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेश सभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सोही अनुसारको तयारीमा सरकार लागेको मन्त्री साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here