काठमाडौँ । पछिल्लो समय विश्व खेलकुदमा महिला खेलाडीको सङ्ख्या निकै बढेको छ । महिला खेलकुदका प्रतियोगितामा पनि वृद्धि भएको छ । महिला खेलकुदको लोकप्रियता पनि विगतको तुलनामा निकै बढेको छ ।

विश्व खेलकुदमा विज्ञान र प्रविधिको पनि गहिरो प्रभाव देखिएको छ । एकातिर विज्ञान र प्रविधिको प्रयोगले विश्व खेलकुदलाई सहज तुल्याएको छ भने अर्कोतिर यसले खेल मैदानलाई जटिल पनि बनाउँदै लगेको छ ।

तर विश्व खेलकुदमा महिलाको सङ्ख्या र महिला खेलकुदको लोकप्रियता बढे पनि महिला खेलाडीलाई आधार बनाएर निकै कम अनुसन्धान भएको पाइन्छ । एक तथ्याङ्क अनुसार विश्व खेलकुदमा भएका वैज्ञानिक अनुसन्धानमध्ये महिला खेलाडीलाई आधार बनाएर गरिएको अनुसन्धान ६ प्रतिशत मात्र रहेको छ ।

विश्व खेलकुदका लागि यो दुःखद पक्ष हो । खेलकुद क्षेत्रमा उदाउँदादेखि लिएर उत्कृष्ट खेलाडीका रूपमा स्थापित हुँदासम्म महिला खेलाडीले गर्नु परेको सङ्घर्षको विषयमा कहिल्यै वैज्ञानिक अनुसन्धान भएको पाइँदैन ।

अनुसन्धान भन्छ, महिला खेलाडीको विषयमा खेलकुद विज्ञानलाई खासै प्रयोग गरिएको पाइँदैन । खेल मैदानमा महिला खेलाडीले केकस्ता समस्याको सामना गर्नुपरेको छ ? महिला खेलाडीको प्रदर्शन सुधार्न कस्ता कार्यक्रम अगाडि सारिनु पर्छ ? खेल मैदानमा महिला खेलाडीले शारीरिक वा मानसिक रूपमा कस्तो अप्ठ्यारो बेहोर्नुपरेको छ ? भन्ने विषयमा वैज्ञानिक अनुसन्धानको खबैभन्दा बढी खाँचो देखिन्छ ।

समग्र रूपमा सबै खेलाडीलाई एउटै कसीमा घोटेर हेर्ने गरिन्छ । सामान्यतः विश्व खेलकुदको नीति पनि यही हो । तर महिला खेलाडीको हकमा अर्को पाटो पनि आकर्षित हुन्छ । पुरुष खेलाडी र महिला खेलाडीबीच शारीरिक र मानसिक रूपमा केही भिन्नता हुन्छन् । सबैभन्दा पहिले त्यसलाई बुझ्नु आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले खेलकुद विज्ञान महिला खेलाडीको विषयमा कन्द्रित हुनु आवश्यक छ ।

सन् २०१९ मा डिना आसेर स्मिथ दुई सय मिटर दौडको विश्व च्याम्पियन बनेकी थिइन् । उनले गत वर्ष भएको युरोपियन च्याम्पियनसिपबाट भने अप्रत्यासित रूपमा आफ्नो नाम फिर्ता लिइन् । त्यतिबेला यो विषयले ठुलै चर्चा पाएको थियो ।

GettyImages-1332050509

वास्तवमा उनले महिनावारीसँग सम्बन्धित समस्याका कारण अन्तिम समयमा आएर प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएकी थिइन् । त्यसपछि महिनावारी हुँदा महिला खेलाडीको प्रदर्शनमा कस्तो असर पर्छ भनेर वैज्ञानिक अनुसन्धान सुरु गरियो । वस्तवमै विश्व खेलकुदका लागि यो प्रशंसनीय कार्य हो ।

महिला खेलाडीले खेलमैदानमा भोग्नुपरेको यो फरक खालको समस्या हो । यो अनुसन्धानले महिनावारी हुँदा महिला खेलाडीले कस्ता समस्या भोग्नु पर्छ ? यसले उनीहरूको प्रदर्शनमा कस्तो असर पार्छ ? महिनावारी भएको समयमा महिला खेलाडीलाई कसरी प्रशिक्षण गराउने ? उनीहरूको खानपिन कस्तो हुनु पर्छ ? भन्ने जस्ता यावत् कुराको जानकारी दिने छ ।

यस्ता अनुसन्धानले ठुला राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला खेलाडीको प्रदर्शनमा सुधार ल्याउन सहयोग पु¥याउने छ । यसको अर्को पाटो पनि छ । वास्तवमा महिला खेलाडीहरू आफ्ना केही समस्या भन्न हिच्किचाउँछन् ।

अझ भर्खरै विश्व खेलकुदमा उदाउँदै गरेका युवा खेलाडीहरू त यस्ता विषयमा खुलेर कुरा गर्न पनि लजाउँछन् । तर खेलकुद विज्ञानको आँखा पुग्ने हो भने विस्तारै यस्ता समस्या समाधान हुँदै जाने छन् ।

सन् २०१७ मा म आफैँ पनि एउटा प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भएकी थिएँ । बोस्टनमा एउटा प्रतियोगिता आयोजना हुँदै थियो । त्यो प्रतियोगिताका लागि मैले निकै राम्रो तयारी पनि गरेकी थिएँ । तर अन्तिम समयमा आएर महिनावारीका कारण अत्यधिक पीडा भएपछि मैले प्रतियोगिताबाट नाम फिर्ता लिनु प¥यो ।

मैले यो विषयमा आफू निकटका केही व्यक्तिसँग कुरा पनि गरेकी थिएँ । तर एकाएक त्यो कुरा समाचारको विषय बन्न पुग्यो । पत्रपत्रिकाहरूमा मेरो विषयमा समाचार प्रकाशित भए । त्यसपछि म झनै स्तब्ध भएँ ।

तर ठिकै भएको रहेछ । यस्ता विषय बाहिर आउनु नै पर्ने रहेछ । त्यसपछि मात्र महिला खेलाडीको समस्याका विषयमा सबैको ध्यान तानिन्छ । यसरी सकारात्मक भएर सोचेपछि म सामान्य बन्दै गएँ । खेलकुदको मैदानमा सक्रिय महिला खेलाडीलाई अझै पनि महिनावारीसँग सम्बन्धित कतिपय कुरा राम्ररी जानकारी हुँदैन । म आफैँलाई पनि अझै पूर्ण रूपमा ज्ञान छैन । ठिक यही दिन मेरो महिनावारी सुरु हुन्छ भनेर कसैले पनि किटानी गर्न सक्दैन ।

त्यसको एक वर्षअघि ओलम्पिक खेलकुदको छनोट प्रतियोगिता आयोजना हुँदै थियो । म पहिलो पटक ओलम्पिक खेल्ने सपना बुनेर त्यसको त्यसको तयारीमा जुटेकी थिएँ । तर प्रतियोगिता सुरु हुनुभन्दा ठिक चार घण्टाअघि म चिकित्सकको क्लिनिकमा थिएँ ।

Sawyers

महिनावारीका कारण मलाई अत्यधिक पीडा भइरहेको थियो । मैले सोचेँ, अब पहिलो पटक ओलम्पिक खेल्ने मेरो सपना यहीँ सकियो । म ओछ्यानबाट उठ्नसमेत सकिरहेकी थिइन । महिनावारीलाई केही समय पर सार्न मैले पहिले पनि औषधी सेवन गरेँ । अत्यधिक औषधी सेवन गरेरै म फाइनलसम्म पनि पुगेँ । तर त्यो गलत रहेछ भन्ने कुरा पछि मात्र मैले बुझ्न सकेँ ।

चिकित्सकसँगको निरन्तरको परामर्शपछि अहिले म क्रमशः सामान्य बन्दै गएकी छु । त्यसपछिका दिनहरूमा मैले यस्तो बेलामा प्रयोग गर्ने औषधी, मानसिक रूपमा सबल हुनका लागि चाल्नुपर्ने कदम जस्ता विषयमा पनि विस्तारै बुझ्दै गएँ । अहिले मेरा लागि यो विषय सामान्य बनेको छ । तर धेरै महिला खेलाडीका लागि अहिले पनि यो एउटा जटिल समस्याका रूपमा रहेको छ । तर यसका लागि मैले सात वर्षभन्दा लामो समय सङ्घर्ष गर्नुप¥यो ।

मेरो यस्ता अनुभवहरू नयाँ पुस्ताका महिला खेलाडीका लागि उपयोगी सिद्ध हुनेछ भन्ने विश्वास लिएकी छु । अहिले पनि नयाँ पुस्ताका महिला खेलाडीले महिनावारीलाई जटिल समस्याका रूपमा लिने गरेको मैले देखेकी छु । उनीहरू आफ्नो समस्याका बारेमा बोल्न लजाउँछन् । तर यो लुकाउने विषय होइन । खेलाडीहरूले आफ्नो समस्याको विषयमा प्रशिक्षक र खेलकुद चिकित्सकहरूसँग खुलेर सल्लाह गर्नु पर्छ । त्यसपछि मात्र समस्याका उपयुक्त समाधान निस्कन्छ ।

यस विषयमा अर्को निराशाजनक तथ्याङ्क पनि छ । अहिले पनि विद्यालयस्तरमा खेलकुदमा सक्रिय ६४ प्रतिशत युवा खेलाडी महिनावारीसँग सम्बन्धित समस्याकै कारण खेलकुदबाट टाढिने गरेका छन् । किनभने उनीहरू आफ्नो समस्या व्यक्त गर्न लाज मान्छन् ।

PA-28396838

म आफैँ पनि किशोर अवस्थामा हुँदा महिनावारीसँग सम्बन्धित समस्या आफ्नो पुरुष प्रशिक्षकहरूलाई भन्न लाज मान्थेँ । त्यही कारणले पनि मैले कतिपय गतिलो अवसरसमेत गुमाएकी छु । त्यो नियति अहिलेका युवा पुस्ताले पनि भोग्नु परिरहेको छ ।

पक्कै पनि यो निराशाजनक तथ्याङ्क हो । महिनावारीसँग सम्बन्धित समस्याकै कारण आधाभन्दा बढी युवा खेलाडीहरू विद्यालस्तरदेखि नै खेलकुदबाट टाढिन्छन् भने त्यसको अर्थ यहाँ केही ठुलै समस्या छ भनेर बुझ्नु पर्छ ।

यस्ता विषयहरूलाई क्रमशः सामान्य बनाउँदै लैजानु आवश्यक छ । जसरी खेल मैदानमा खेलाडीहरू घाइते हुन्छन् र आफूलाई चोट लागेको कुरा प्रशिक्षकहरूलाई खुलेर बताउँछन्, महिनावारी हुँदाको समस्यालाई पनि त्यसरी नै सामान्य रूपमा लिनु पर्छ । यो निकै गम्भीर विषय हुँदै होइन् ।

(बीबीसीमा प्रकाशित ब्रिटेनकी लङ्जम्प खेलाडी सयर्सको लेखमा आधारित ।)  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here