रौतहट ३१ अषाढ ।। रौतहट जिल्लाको यमुनामाई गाउँ पालिका वडा नं. ४ बमनहर स्थित रहेको पशुसेवा शाखाको भवनमा अअस्थायी प्रहरी पोस्ट स्थापना भएको छ । यमुनामाइ गाउँपालिका स्तिथ रहेको बमनहरमा आस पासमा गाउँ बस्ती नभएको कारण रातीको समयमा आवत जावत बन्द भए पश्चात अपराधिक घटना हुने सम्भावना लाई ध्यानमा राखी आम जनता लाई सुरक्षामा टेवा पुग्ने उद्देश्यले आज स्थाई प्रहरी पोस्ट स्थापना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको प्रमुख आथित्यतामा नेपाली सेनाका प्रमुख सेनानी गंगा बहादुर बिष्ट जिल्ला प्रहरी कार्यालय रौतहट का प्रमुख प्र.उ. बिर बहादुर बुढा मगर, सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मि , उप-अनुसन्धान निर्देशक चन्दन कुमार झा यमुनामाई गा.पा. का प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव , ४ र ५ नं. बडाका बडा अध्यक्ष ज्युहरु, राजपुर न.पा. १ का वडा अध्यक्ष शेख अमिरुल्लाह र पत्रकार , स्थानिय बुध्दजिवी युवा लगायतको सयौं जनाको उपस्थितिमा अस्थाई प्रहरी पोष्ट बमनहरको उद्घाटन कार्यक्रम भव्यता साथ सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here