कालीकाेट, २९ माघ ।। कालीकाेटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् । २०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो ।

२०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ रहेको छ । पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ । अझै पनि ९२ हजार १ सय ५३ अर्थात् ६३ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका छैनन् ।

स्वास्थ्य बीमाका बारेमा स्थानीयलाई पूर्ण जानकारी नहुनु, घर–घरमा जनचेतना नपुग्नु र सम्बन्धित निकायले चासोका साथ कार्यक्रम कार्यान्वयनमा ध्यान नदिँनु जस्ता समस्याले कालीकाेटका सबै नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा पुग्न सकेका छैनन् ।

सरकारले अपाङ्गता, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित र जेष्ठ नागरिकको नि:शुल्क बीमा गर्ने व्यवस्था गरेको छ भने अन्यको शुल्क लिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका वर्गलाई बीमाले लाभ हुने भए पनि त्यसबारे जानकारी नै नहुँदा उनीहरु बीमा सेवाबाट वञ्चित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here