रौतहट, १६ असोज ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवी सिन्हाका निष्क्रियताको कारण वड़ा नम्बर ३ औरैयामा रहेको श्री महावीर प्राथमिक विद्यालयको अवस्था निकै दयनीय बनेको छ ।
मुलुकमा संघीयता आए पछि सवै क्षेत्रको विकास हुने भनी विस्वास गरिए तापनि संघीयताको मर्म भावना अनुसार निर्वाचित जनप्रतिनिधिहरुले कार्य गर्न सकेका छैन । नेपालको संविधानले परिकल्पना अनुसार गाउ गाउमा सिंहदरवार आएको भएपनि जनप्रतिनिधिको रवैयाका कारण नेपाली जनता सिंहदरवारको अनुभूति गर्न सकेका छैन । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिके शिक्षा ,स्वास्थ्य ,कृषि ,सामाजिक क्षेत्रको विकास गर्ने भनी प्रतिवद्धता गरेपनि त्यों अनुसारको काम रौतहटमा देखिएको छैन ! शिक्षाको अवस्था दिन दिनै खस्किँदै गएको छ ! विद्यालयको पूर्वाधार प्रति स्थानीय तहले खासै लगानी गर्ने तरफ चासो देखाएको छैन ।
संघीयता पछि भएको पहिलो स्थानीय तहको निर्वाचनको अवधी देखि लिएर दोस्रो पटक भएको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिको अवधी डेढ़ वर्ष वितिसक्दा पनि अधिकांश विद्यालयको अवस्था दयनीय नै रहेको छ । जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ३ औरैयामा रहेको श्री महावीर प्राथमिक विद्यालयको अवस्था निकै दयनीय रहेको छ ।
२०५१ सालमा स्थापना भएको उक्त विद्यालयको भौतिक पूर्वाधारको अवस्थामा खासै सुधार भएको देखिदैन । जस्ताको ६ वटा कोठा ३ वटा ब्लाक भएको सो विद्यालयमा रजिस्टरमा दर्ता भए अनुसार २ सय ५० जना विद्यार्थी रहेका विद्यालयका प्राध्यानध्यापक राम आधार सहनीले जानकारी दिएका छन । शिक्षकको आभाव र कक्षा कोठाको आभावको कारण बहु कक्षा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको दुःख पोखे ।
संचारकर्मी संग कुरा गर्दै प्राध्यानध्यापक सहनीले २ जना स्थायी ,१ जना बाल विकास र १ जना राहत शिक्षकले जेन तेन गरी विद्यालय सञ्चालन गर्दै आएको सुनाए । २ वता कोठा भएको एउटा व्लॉक प्रयोग बिहीन अवस्थामा रहेको बताउँदै ३ वता कोठामाँ कक्षा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको बताए ।
तत्कालीन नगर प्रमुख संतोष मेहताको पालामा पनि विद्यालयको मरमरत सम्भारको लागि तागेदा गरेको र बर्तमान नगर प्रमुख सिन्हालाइ पनि बजेट व्यवस्थापन गर्न आग्रह गर्दा पनि कुनै चासो नदेखाएको टिपण्णी गरे । विद्यालयमा कम्पाउंड वाल नभएकोले स्थानीय बाल बालिकाले भएको संचरना पनि भत्काउने गरेको हुदा कम्पाउंड वाल अपरिहार्य रहेको बताए ! शौचालय पनि प्रयोग विहीन अवस्थामाँ देखिएको हुदा शिक्षक विद्यार्थीलाइ खुल्ला रुपमा शौच गर्नु पर्ने बाध्यता रहेको छ ।
विद्यालयको मैदानमाँ माटो पुर्नु पर्ने जरुरी रहेको छ । उनले भने खाल्डो भएकोले नालाको फोहर पनि विधयालयको हत्ता भित्र प्रबेश गर्ने गरेकोले विद्यार्थी तथा शिक्षक कर्मचारीलाइ आऊंन जान अप्ठ्यारो हुने गरेको छ । बेंच डेस्क नहुँदा विद्यार्थीलाइ भुईमाँ बसाएर अध्यन गराउनु परिरहेको बताए ।
प्राध्यानध्यापक सहनीले नगर पालिकाले समयमा खाजाको रकम भुक्तानी नदीदा उधारो लिएर खाजा खुवाउनु परेको गुनासो गरे ! अपुग रहेको शिक्षकको लागि नगरपालिका लाइ आग्रह गर्दा पनि अहिले सम्म शिक्षकको व्यवस्था गर्न नसकेको आरोप लगाए । भवन निर्माण , कम्पाउंड वाल निर्माण , बेंच डेस्कको व्यवस्था , माटो पूर्णको लागि बजेट व्यवस्थापन गर दिन नगर प्रमुख संग अपील समेत गरेका छन । नगर भित्रको विद्यालयको अनुगमन निरिक्षण एक पटक पनि नगर प्रमुख ,उपप्रमुखले नगरेको बताउँदै सहनीले विद्यालयको अवस्था हेर्न कुनै जनप्रतिनिधि नआएको उल्लेख गरे ।
स्थानीय अभिभावकले विद्यालय सार्वजानिक सम्पति रहेकोले संरक्षण गर्ने तरफ कुनै सक्रियता नदेखाएकोले विद्यालयको सम्पति क्षति हुदै गएको जिकिर गरे । विद्यालयमा भएका संरचनाको नस्ट गरिदा पनि कोही कसैले केहि गर्न नसकेको उहाको भनाइ रहेको छ । विद्यालयमा देखिएको समस्यालाइ समय मै जिम्मेवार जनप्रतिनिधिले स्थलगत अनुगमन निरिक्षण गरी समाधान गर्नु पर्ने देखिन्छ ।