काठमाडौं, ०८ असोज ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनकाण्डमा सरकारले जाँचबुझ आयोग गठनमा ढिलाइ गरेको भन्दै आपत्ती जनाएका छन् । सोमबार एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सुन काण्डमा निष्पक्ष छानबिन गर्न सरकारले आलटाल गरे ढिलै भएपनि एमालेले छानबिन गरेर छोड्ने चेतावनी दिएका छन् ।

उनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने माग समेत गरे ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको १०० किलो सुन पछि ६१ किलो मात्रै भएको जानकारी गराएको भन्दै आपत्ती जनाए । विमानस्थलबाट १०० किलो सुन बरामद भयो भन्ने सुनियो, पढियो पनि । एकमहिनापछि ६१ किलो सुन देखाइयो,’उनले भने,’ ४९ किलो सुन कहाँ गयो ?

एक महिनासम्म सुन तस्करीको व्यापाक छानबिन हुनुपर्छ भनेर दबाब दिँदा मात्रै छानबिन गर्न सरकार तयार भएको उनको भनाइ छ । उनले बिजुली चुरोटमार्फत् भित्रिएको भनिएको साढे ९ किलो सुन कहाँ गयो भन्दै प्रश्न गरे। उनले सबै सुन प्रकरणको एक-एक गरी छानबिन हुनुपर्ने माग गरे। ओलीले सुन काण्डका भरिया मात्रै नभइ कारोबारीलाई समात्नुपर्ने बताए ।

सुनकाण्ड मात्रै नभइ सबै भ्रष्टाचारका विषयमा छानबिन हुनुपर्छ भन्दा उल्टै एमालेतर्फ अनेक आरोप लाग्ने गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here