रौतहट ४ बैशाख ।। राैतहटमा साता साझेदार बिच गठवन्धन भए पस्चात नेपली कांग्रेस जिल्ला कब्जा गर्ने सम्भावना रहेका देखिनछन । राैतहटको १८ वटा स्थानिय तह रहेकोमा २ गाउँ पालिका र १६ वटा नगरपालिका रहेका छन ।

संघिय सरकारमा आवद्व पार्टी बिच तालमेल वा गठबन्धन गरिए राम्रो परिणाम आउने संकेत देखिएको छ । जिल्लाको सबै जसो स्थानिय तहहरुमा नेपाली कांग्रेसको राम्रो पकड रहेको र उमेद्वार पनि उचित रहेको बताएका छन् । परोहा ,राजपुर,कटहरिया,वृन्दावन,गढिमाई,फतुवा विजयपुर, चन्द्रपुर, गरुडा, ईशनाथ , राजदेवी नगरपालिका र दुर्गा भगवती गाउँ पालिमामा जित्ने सम्भावना छ ।

नेकपा माओवादी केन्द्रले पाए राैतहटको माैलापुर , गरुडा,कटहरिया,चन्द्रपुर,वृनदावन नगरपालिका र यमुनामाई तथा दुर्गा भगवति गाउँ पालिकामा जित्न सक्छन । नेकपा एकिकृत समाजवादीले मौलापुर, राजदेवी ,बाैधिमाई,वृन्दावन, गाैर र माधव नारायण नगरपालिकामा जित्ने सम्भावना छ ।

सता साझेदार जनता समाजवादी पार्टीले पाए गरुडा, माधवनारायण, गुजरा, बाैधिमाई , देवाही गाेनाही र गढिमाई नगरपालिका जित्ने सम्भावना रहेको छ।तालमेलको लागि बैठक बसेको छ। बैठकले निष्कर्षमा पुग्ने सताधारी दलका अगुवा नेताले दाबी गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here