रौतहट ४ वैशाख ।। रौतहटको दुर्गा भगवती गाउँपालिका वडा न . १ मा विजुलीको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । भने ७ जना महिला घाईते भएका छन् । दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ का शिव मन्दीर टोल बस्ने नरेश राउतको छोरीको विवाहको मटकोर पुजामा शनिवार साँझ गाउँका महिलाहरुलाई भेला भएर सामुहिक गित गाउने कार्यक्रम भईरहदा अचानक माइकबाट विद्युत प्रवाह हुँदा राउतको ३० बर्षिया बहिनी समधरिया देवाी राउत सहित ८ जनालाई करेन्ट लागेर घाईते भएका थिए ।

घाइते मध्ये समधरियाको अवस्था चिन्ताजनक रहदा शुकदेव चोक स्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । स्थानीय ३५ बर्षिया सिता देवी राउत, ३५ बर्षिया अनिता देवी राउत, ६५ बर्षिया मन्तोरिया देवी, ७० बर्षिया मुनि राउत, ६५ बर्षिया केवला देवी, ५५ बर्षिया शुसिला देवी, ७५ बर्षिया हिरिया देवी घाइते भएको थियो ।

घाइतेहरुको गंगापिपरा स्थित वागमती अस्पताल प्रालीमा उपचार भईरहेको जानकारी दिदै रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले घटनाको प्रारम्भीक अनुसन्धानको क्रममा पुजा मटकोरको वेला गाउँको महिलाहरु बसेर सामुहिक रुपमा गित गाउदै गरेको अवस्थामा अचानक हाइटेन्सन तारमा विद्युत सर्ट भई माईकमा करेन्ट प्रवाह हुँदा उक्त दुर्घटना भएको बताए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here