रौतहट २ बैसाख ।। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका राजदेवी नगरपालिकाका नगर प्रमुख प्रत्यासी भिखारी प्रसाद यादवले विगत ३० वर्ष देखि जनताको सेवामा लागेकोले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पक्षमा मतदान गर्ने बताएका छन् । मेयर प्रत्यासी यादवले राजदेवी नगरपालिकाका जनताले वर्तमान नगर प्रमुख ठिकेदारी पेश बाट आएकोले आफ्नो कार्यकालमा ठिकेदारी हिसाबले गरेको कार्य देखेर परिवर्तनको पक्षमा देखिएकोले नेकपा एस का उम्मेदवारको पक्षमा मतदान गर्ने मनसाय बनाएको दावी गरेका छन् ।

मेयर प्रत्यासी यादवले भने जनता संग गरेको बाचा पुरा नगरी वर्तमान मेयर धिरेन्द्र कुमार सिंहले आफ्नो परिवारबाद र जातिबाद भित्र सिमित भएको आरोप लगाए । विगत साढे चार बर्षमा ठोस विकास निर्माणको एउटा कार्य पनि नगरेको मेयर सिंहको सम्पति छानविन गर्नु पर्ने जोडदार माग गरे । मेयर प्रत्यासी यादवले राजदेवी नगरपालिकाका जनता परिवर्तनको पक्षमा देखिएको दावी गरे । बाँध निर्माण ,स्पर निर्माण र विकास निर्माणमा प्रयोग हुने उपकरण सामग्री जेसिबी ,ग्रेडर , त्रिपेर ,रोलर मेसिन खरिद गरेर आफ्नो स्वार्थ मात्र पुरा गरेको आरोप लगाए । मेयर सिंहले राज्यको रकम दोहन गरेकोले कार्यवाही गर्नु पर्ने भनाइ उहाको रहेको छ ।

नेपालको संविधान २०७२ ले गरेको सुचनाको हक सम्वन्धि व्यवस्थाको घोर उलंघन गरेका मेयर सिंह को विरुद्धमा राजदेवी नगरपालिकाको जनता रहेको बताउदै मेयर प्रत्यासी यादले भने माण्डवी नामक सस्थाको लगानीमा जडान भैरहेको हैंड पाइप आफ्नो लगानीमा रहेको प्रचार प्रसार गर्दै आएका सिंह लाइ पराजित गराउने सोच नगर बासीको रहेको उल्लेख गरे । नगर प्रमुख प्रत्यासी यादवले मेयर सिंहको सम्पति छानविन गर्नु पर्ने समेत माग गरे । जनता को सेवक भएर कम गर्दै आएका यादवले सेवक भएर काम गर्ने समेत प्रतिवद्धता जनाए ।

उहाले भने ३० बर्ष देखि जनताको सेवक भएर कार्य गर्दै आएको छु र भविष्यमा जनताको सेवक बनेर काम गर्ने छु । राजनीतिकमा प्रवेश गरे संगै सवै भन्दा बढी आर्थिक क्षति बेहोरेका यादवले यस पालीको निर्वाचनमा नेकपा एसको पुरै पैनल विजयी हुने ठोकुवा गरे । राजदेवी नगरपालिकामा चुनावी तालमेलको अवस्था विश्लेषण गर्दै अघि नेकपा एस नै रहेको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here