काठमाडौं २ बैशाख ।। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि मुलुकका सवै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो बनाउदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्नका लािग ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

बैंशाख ३ देखि ५ गतेभित्र प्रदेशबाट सवै नाम सिफारिस गराउने र गठबन्धनमा समस्या देखिएका नाममा पछि छलफल गर्ने समितिले निर्णय गरेको छ । त्यस्तै बैठकले चूनावी सभालाई व्यवस्थीत गर्न र आचारसंहितालाई पालना गराउने बिषय पनि मापदण्ड तय गरेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो ।

बैठकले भ्रातृ संघ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन लगाएतका उपसमितिहरु गठन गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

बैठकमा समिति संयोजक पूर्णबहादुर खड्काले गठबन्धनले सवैको अस्तीत्व जोगाउने भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here