बाँके, ३१ भदौ ।। बाँकेस्थित पूर्व-पश्चिम राजमार्गमा शक्तिशाली बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिकाको सडकमा बम विस्फोट भएको हो । राप्ती सोनारी-९ ढकेरीदेखि २ किलोमिटर पुर्व महेन्द्र राजमार्गमा बम विस्फोट हुँदा सडक भत्किएको छ ।

डीएसपी डाँगीले द्वन्द्वकालीन माइन भएको बताए। उनले भने,‘द्वन्द्वकालीन माइन हो । पड्किएको कसैले थाहा पाएन। मानवीय क्षति भएन। सेनाले थप माइन खोज्दा फलामका टुक्राहरू मात्र भेटिए ।

नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले आज बिहान विस्फोट भएको स्थलको अवलोकन गरेको थियो। सडक विभागले राजमार्ग मर्मत सम्भार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here