काठमाण्डाै, १६ फागुन ।। एफए कप फुटबलमा म्यानचेष्टर सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई ६–२ ले हराउँदै सिटी अन्तिम आठमा पुगेको हो । खेलमा एर्लिङ हालान्डले पाँच गोल गरे । हालान्डले खेलको ३, १८, ४०, ५५ र ५८औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै कोभासिकले एक गोल थपे । लुटन टाउनका जोर्डन क्लार्कले दुई गोल गरेका थिए । गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले ब्ल्याकबर्न रोभर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको छ । यस्तै लेस्टरसिटीले बर्नमाउथलाई १–० ले हराएको छ । लेस्टरसिटीका अब्दुल फटाओले गोल गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here