जनकपुरधाम, १८ भदौ ।। मधेश प्रदेशका मुख्यमंत्री सरोजकुमार यादवलाई नेपाल टीमको जर्सी हस्तान्तरण गरिएको छ । सोमबार मधेश भवन पुगेर मधेश प्रदेश क्रिकेट टीमका कप्तान हरिशंकर साहले जर्सी हस्तान्तरण गरेका हुन् ।

आज एसिया कप अन्तर्गतको श्रीलंकामा नेपाल – भारतबीच हुने म्याच हुने छन् । सो खेल मुख्यमंत्री यादवले उक्त टिसर्ट लगाएर हेर्ने छन् ।खेलाडीहरूको मनोबल बढाउन र खेलको माहौल थप राम्रो बनाउने उद्देश्यले जर्सी हस्तान्तरण गरिएको कप्तान साहले बताए ।

आजको खेल हेर्नको लागि दिउँसो २ बजे देखि जनकपुरधाम उपमहानगरपालिकाले विदा दिने सूचना समेत जारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here