मंसिर १० चितवन ।। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशका विभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरुलाई ओझेलमा पारिएको बताएका छन् । नेकपा एमालेको महाधिवेशनमा बोल्दै अध्यक्ष यादवले जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको आरोप लगाएका हुन् ।

अध्यक्ष यादवले शुक्रवार जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने कामना गरेका छन् । चितवनमा जारी एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताए ।

लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्नु हुन्न् । यी सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्छ उनले भने ।

अध्यक्ष यादवले नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति संघीयता सुशासन आर्थिक समृद्धिहरू टाढिँदै गएको बताए । उनले अहिलेको राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस भन्ने कामना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here